विराटनगरमा सञ्चारकर्मीहरुसंग भेटघाट तथा परिचयात्मक कार्यक्रम

विराटनगर,जेष्ठ १२ गते । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले संञ्चारकर्मीहरुसगं भेटघाट तथा परिचयात्मक कार्यक्रम गर्नु भएको छ ।

जेष्ठ १२ गते अपरान्ह एक बिशेष कार्यक्रमका विच कार्कीले उपस्थित सञ्चारकर्मीहरुसंग भेटघाट तथा परिचयात्मक कार्यक्रमका साथै कोशी प्रदेशको बर्तमान शान्ति सुरक्षाको अवस्था, सामुदाय प्रहरी साझेदारी कार्यक्रम अनुसार जनचेतनामुलक कार्यक्रमलाई तिब्रता, अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ अभियान कडाईका साथ कार्यान्वयन, भन्सार छली चोरी निकासी नियन्त्रण, लागुऔषधको प्रयोग र ओसार पसार नियन्त्रणमा कडाई तथा प्रहरीका दैनिक काम कारवाहीलाई निरन्तरता दिईरहेको बताउनु भयो ।

भेटघाट कार्यक्रममा वहाँले संचारकर्मीहरुबाट उठेका विविध बिषयमा उठेका जिज्ञासाहरुलाई प्रस्ट पार्नु भएको थियो । कार्यक्रममा प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ट उपरीक्षक गोबिन्द अधिकारी, प्रहरी उपरीक्षक हरि डंगोल सहित प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖