१५ लाखको गरगहना सहित स्कर्पियो पक्राउ

सञ्जय मिश्रा /रौतहट, १२ जेठ। सर्लाही स्थित प्रहरी गस्ती टोलीले १५ लाख मूल्य बराबरको सुन चाँदीको गरगहना सहित भारतीय नम्बर प्लेटको एकथान स्कार्पियो गाड़ी बरामद गरेको छ।

विआर ३० एके ७२२० नम्बरको स्कार्पियो गाडीमा उक्त परिमाण बराबरको बिभिन्न किसिमका गहना बरामद भएको सर्लाही प्रहरीले आज सोमवार सार्वजनिक गरेको हो।

बरामद सरसामान सहित स्कार्पियो गाड़ी आवशयक कारवाहीको लागि आईतवार साँझ सर्लाही भन्सार कार्यालय,  मलंगवामा पठाइएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ ।

 

गत ७ गते विहान साढे ९बजे  लालबन्दी नगरपालिका १  जिल्ला ट्राफिक कार्यालय नवलपुर अगाडी पुर्व पश्चिम लोकमार्गमा ट्राफिक प्रहरीले नियमित चेकजाँच टोलीले चेकजाँचको क्रममा पश्चिमबाट पूर्व तर्फ जादै गरेको उक्त स्कार्पियो गाड़ी नियन्त्रणमा लिएको थियो।
चेकजाँच गर्दा साथमा भन्सार कागजात नभएको र चालकले मदिरा सेवन गरेको अवस्थामा फेला पारेको थियो।

 

मदिरा सेवन नगरेको अकों चालक बोलाउनुस र ट्राफिक नियमानुसार जारिवाना काटी जानुहोला भनि जानकारी गराउदाँ निजहरु आवश्यक कागजातहरु मगाई अर्को चालक समेत लिई आउने भनि चालक सहित चार जना पुरुष व्यक्तिहरु) गाडी छाडी गएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सरोज राईले बताएका छन्।

 

धेरै समयसम्म पनि नआए पश्चात शंका लागी सवारी नियन्त्रणमा लिई घटनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय लालबन्दीबाट मुचुल्का सहितको टोलीगई जनप्रतिनिधिहरुको रोहवरमा खानतलासी गर्दा  गाडीको अगाडी इन्जिनको भागबाट प्लाष्टिले बेरेको जेब्रा झोला भित्र गम्छाले बेरेको गरगहना र गाडी भित्रको भागबाट समेत चाँदी र नगद  गरी करिब १५ लाखको सरसामान बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको सूचनामा उल्लेख गरिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।