कांग्रेसद्वारा उच्च शिक्षाका आयाम विषयक विमर्ष : नेपाललाई शिक्षाको हब बनाउनु पर्नेमा जोड

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई शिक्षाको हब बनाउनु पर्नेमा जोड दिएका छन्। सोमबार कांग्रेस शिक्षा विभागद्वारा काठमाडौंमा आयोजित शिक्षा नीति बहसअन्तर्गत उच्च शिक्षाका आयाम विषयक विमर्षमा सभापति देउवाले उक्त कुरा बताएका हुन्।
नेपाललाई शिक्षाको हब बनाउने हिसाबले अगाडि बढ्न सक्यौं भने नेपाली मात्र नभइ विदेशी विद्यार्थी पनि नेपाल आउने उनले बताए।

‘शिक्षा एकदमै महत्त्वपूर्ण विषय हो। हरेक अभिभावकले आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिन चाहन्छन्। त्यसकारण हामीले नेपालको शिक्षा प्रणालीलाई राम्रो र बलियो बनाउनुपर्छ। नभए सबैले आफ्ना सन्तानलाई विदेश पठाउन थाल्छन्। नेपाल निकै सुन्दर र प्रचुर सम्भावनाले भरिएको छ। नेपाल शिक्षाको हब पनि बन्नसक्छ। सोही अनुसार अगाडि बढ्न सक्यौं भने नेपाली मात्र होइन विदेशी विद्यार्थी पनि नेपाल आउन सक्छन्,’ उनले भने।

शिक्षालाई व्यवस्थित बनाउन विज्ञको मार्गदर्शन आवश्यक रहेकोमा शिक्षामन्त्रीको जोड

यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा क्षेत्रलाई राम्रो र सुनिश्चित गन्तव्यतर्फ लैजानको लागि शिक्षा विद्हरूको मार्गदर्शन र सल्लाहको खाँचो रहेको बताएका छन्।

संयोगले शिक्षामन्त्रीको जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था आएकाले धेरैकुरा सिक्नुपर्ने भएको बताउँदै उनले शिक्षा क्षेत्रको गुणस्तरीयताका लागि विज्ञहरूलाई सही सुझाव दिन आग्रह गरेका छन्।

उनले भने, ‘लामो समय मैले पत्रकारितामा विताए। पत्रकार महासंघको महासचिव हुँदै संसदको चुनाव लडेर सांसद हुन आएको मान्छे हुँ। सम्पादकीय र पाठक प्रतिक्रियामा कहिलेकाहीँ धेरै विद्वानहरूले भन्न नसकेको कुरा लेखिएको हुन्छ। त्यस्तो कुरा पाठकले मात्र देख्छ। त्यसकारण म तपाईंहरूको पाठक हुँ, विद्यार्थी हुँ। संयोगले मात्र शिक्षामन्त्री हुन आइपुगेको छु। सबैले बाटो देखाइदिनुहोला। मुलुकको शिक्षा क्षेत्रलाई एउटा राम्रो र सुनिश्चित गन्तव्यतर्फ लैजानको लागि मार्गदर्शन र सल्लाहको खाँचो छ।’

यस्तै, उनले जबसम्म बहुलवादलाई सैद्धान्तिक रुपले मान्दैनौं तबसम्म शिक्षा र राजनीतिमा विविधता ल्याउन नसक्ने बताएका छन्।

राजनीतिक दवाव र प्रभावबाट शिक्षा क्षेत्रलाई टाढा राख्नु पर्नेमा जोड्
कार्यक्रममा शिक्षा विद्‍हरूले शिक्षा क्षेत्रलाई राजनीतिक दवाव र प्रभावबाट टाढा राख्नु पर्ने धारणा राखेका छन्।  शिक्षाविद् तथा त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमाले तत्कालिन समयमा उपकुलपतिका लागि दक्ष व्यक्तिको खोजी हुने भए पनि पछिल्लो समय त्यो संस्कार हराउँदै गएको टिप्पणी गरे।

‘पछिल्ला दिनमा कांग्रेसले शिक्षालाई पछाडी राख्न खोजेको होकि भन्ने चिन्ता लागि रहेको थियो। तर, शिक्षा विभागले सार्थक बहसको थालनी गरेको छ। पहिले झैँ नेपाली राजनीतिले प्राज्ञिक क्षेत्रमा योग्य व्यक्तिको खोजी गरोस्,’ उनले भने।

सुदूरपश्चिम विश्व विद्यालयका पूर्वउपकुलपति शिक्षाविद् प्रा. डा. अमरराज जोशीले शिक्षामा कुनै पनि सर्त राख्न नहुने धारणा राखेका छन्। ‘शिक्षामा कुनै सर्त राख्नु हुँदैन। राजनीतिक दवाव र प्रभाव हुनु हुँदैन। त्यस्तो भएमा शिक्षा क्षेत्र अगाडि बढ्न सक्दैन,’ उनले भने।
शिक्षा क्षेत्र सही ठाउँमा भए मात्र देश ठीक ठाउँमा पुग्न सक्ने उनले बताएका छन्। विश्वका विभिन्न देशको उदाहरण दिँदै जोशीले नेपालको शिक्षा प्रणालीमा विकासको बाधक राजनीतिक प्रभाव र दवाव रहेको औंल्याएका छन्।

यस्तै त्रिविका पूर्वउपकुलपति शिक्षाविद् प्रा. डा. तीर्थ खनियाले सरकारतहबाट नै शिक्षाका क्षेत्रका गरेका निर्णय कार्यान्वयन नहुनु चिन्ताको विषय भएको बताएका छन्। ‘शिक्षा क्षेत्रमा थुप्रै विषय आन्दोलनबाट नभइ सरकार कन्भेन्स भएर नै गरिएका निर्णय छन्। तर, ती कार्यान्वयन हुँदैनन्। यो चिन्ताको विषय हो,’ उनले भने।

उनले वर्षौंदेखि शिक्षा क्षेत्र निर्देशिकाको भरमा चल्नु र सरकारले सरोकारवाला निकाय तथा विज्ञसँग संवाद नै नगर्नु पनि अर्को चिन्ताको विषय भएको उनले बताए।

शैक्षिक उन्नयनका लागि कांग्रेस निरन्तर संवादमा
यसका साथै कांग्रेसले पछिल्लो समय शिक्षा क्षेत्रको विकासका लागि निरन्तर संवाद गर्दै आएको छ। शिक्षा विभागका माध्यमबाट कांग्रेसले शिक्षाको विकासमा बहस गर्दै आएको हो।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका शिक्षा विभाग प्रमुख नैनसिंह महरले यस श्रृंखलालाई निरन्तरता दिइने बताएका छन्। ‘सही बहसले मात्र शिक्षा क्षेत्र सही गन्तव्यमा पुग्नसक्छ। त्यसैले हामीले शिक्षा बहसलाई निरन्तरता दिइरहेका हौं,’ उनले भने।

शिक्षा विभाग गठन भएको ६ महिनाको अवधिमा १९ वटा बहस तथा छलफल आयोजना गरिसकिएको महरले बताए। उनले नेपालको शिक्षा प्रणाली विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने खालको हुनुपर्नेमा समेत जोड दिएका छन्।

‘हाम्रा युवा दिनहुँ उच्च शिक्षा अध्ययनका लागि विदेशिने क्रम जारी छ। उनीहरूलाई हामीले देशमै रोक्न सक्नुपर्छ। सरकारले उनीहरूलाई रोक्न शिक्षा प्रणालीमा कस्तो परिवर्तन ल्याउने भन्ने विषयमा गहन भएर सोच्नुपर्छ,’ महरले भने।

कांग्रेसले बनाउने शिक्षा नीतिले विद्यमान समस्याको हल गर्दै आसा सञ्चार गर्ने गर्नेमा विश्वस्त हुन आग्रह गरेका छन्। देशका १६५ निर्वाचन क्षेत्रमै शिक्षा नीति बहस गरेर अधिकतम नारिकको सहभागीतामा कांग्रेसले शिक्षा नीति निर्माण गरेर पार्टी नेतृत्व समक्ष प्रस्तुत गर्नेसमेत बताएका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।