मकवानपुरमा ब्रेक फेल भएको बसले ठक्कर दिंदा ३ को मृत्यु

मकवानपुर, १३ जेठ । ब्रेक फेल भएको गाडीले ठक्कर दिदाँ तीनजनाको मृत्यु भएको छ।

 

थाहा नगरपालिका–३ मा सडकमा ब्रेक फेल भएको सवारी दुर्घटना हुँदा ३ को मृत्यु तथा ४ जना घाइते हुन पुगेका छन् ।

 

सोमबार बेलुका बा ३ ख ५९९० नम्बरको यात्रुबाहक बस ब्रेक फेल भएर अनियन्त्रित हुँदा नेपाल विद्युत् प्राधिकरण नजिकै सडकमा हिँडिरहेका सात जनालाई ठक्कर दिएको थियो ।

 

जिल्ला प्रहरी कार्यालयका अनुसार सो दुर्घटनामा ४० वर्षीय कृष्ण बलामी, ३८ वर्षीय लोकेन्द्रकुमार ठाकुर, सिराहा औराही गाउँपालिका–१ का रघुनन्दन यादवको मृत्यु भएको हो । 

 

सो दुर्घटनामा गम्भीर घाइते भएका एकजनाको ट्रमा सेन्टर, काठमाडौंमा तथा बाँकी अन्यको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार जारी छ । प्रहरीले बस चालक थाहा–५ वसन्तका २९ वर्षीय राजेश कार्कीलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।