सामुदायिक कुकुरको बन्ध्याकरणमा सहाराको गम्भीर लापरबाही

विराटनगर । सहारा एनिमल केयर सेन्टर विराटनगरले सामुदायिक कुकुरको बन्ध्याकरण गर्दा गम्भीर लापरबाही गर्ने गरेको पाइएको छ ।

बन्ध्याकरण गरेको कुकुरलाई पशु चिकित्सकको निगरानीमा २४ घण्टासम्म राख्नुपर्नेमा २–३ घन्टामै छाड्ने गरेको पाइएको छ । बन्ध्याकरणपछि पशु चिकित्सकको निगरानीमा २४ घण्टासम्म आइसोलेटमा राख्नुपर्ने, मासुलगायतका पोषिलो खानेकुरा खुवाउनुपर्नेमा त्यस नगरेको पाइएको विराटनगर महानगरपालिकाका पशुपंक्षी शाखाका प्रमुख शुभनारायण यादवले जानकारी दिए । विस्कुट र सामान्य हड्डी मात्रै दिएर शल्यक्रिया गरेको दुई तीन घण्टामै पठाउने गरेको पाइएको छ,’ यादवले भने ।

उनका अनुसार सहाराले जुन ठाउँबाट सामुदायिक कुकुर नियन्त्रणमा लिएको हो बन्ध्याकरणपछि सोही स्थानमा लगेर छाड्नुपर्नेमा अन्यत्रै लगेर छाड्ने गरेको छ ।

सहाराले फोहोर व्यवस्थापन पनि पनि गम्भीर लापरबाही गर्ने गरेको उनको भनाइ छ । सहाराको नियन्त्रणमा रहेका तीनवटा कुकुरको मरेपछि कम्पाउण्डभन्दा बाहिर फ्यालेको र स्थानीयले विरोध गरेपछि पुनः कम्पाउण्डभित्रै खाल्डो खनेर पुरेको यादवले बताए ।

बन्ध्याकरण गरिसकेपछि भित्री अरगेन्स (पार्ट) कम्पाउण्डभित्रै जलाएर दुर्गन्धित बनाएको भनेर स्थानीयबाट महानगरमा थुप्रै गुनासो आएको पशुपंक्षी शाखा प्रमुख यादवले उल्लेख गरे । यस विषयमा जानकारी लिन सहारा एनिमल केयर सेन्टरकी संस्थापक डा. रश्मी थापासँग सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।