कोशी प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण

विराटनगर,जेष्ठ १३ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय उदयपुरको भ्रमण गर्नु भएको छ । जेष्ठ १३ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय भवन, सम्पूर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुकासाथै कार्यरत प्रहरी कर्मचारीहरुलाई समाजमा शान्ती सुरक्षा सु-व्यवस्था कायम राख्नका लागी कसैको दबाब र प्रभावमा नपरी काम गर्न निर्देशन दिनु भएको छ ।

निर्देशनकै क्रममा वहाँले सामुहिक भावना तथा भाईचाराका साथ दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई आ-आफनो जिम्मेवार एरिया ईलाकाहरुमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्न, बिभिन्न अपराधिक गतिविधि, लागुऔषधको प्रयोग र ओसार पसार, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न, सवारी दुर्घटना न्युनिकरण, सवारी नियम उलंघन गर्ने सवारी साधनलाई कारवाही तथा सवारी साधनको प्रयोग गरी हुन सक्ने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउन निर्देशन दिनु भयो ।

निर्देशनकै क्रममा वहाँले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गर्न, तालुक कार्यालयबाट भएका आदेश निर्देशनलाई तल्लो दर्जाका कर्मचारी समेतलाई जानकारी गराई कार्यान्वयन गर्न, चेकिङको क्रममा सभ्य र शिष्ट भाषा प्रयोग गर्न, आम सेवाग्राहीहरुसँग समान व्यवहार गर्न तथा सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गरी सदैव प्रहरी संठन र कार्यालयको गरिमा बढाउने कार्य गर्न निर्देशन दिनु भएको छ ।

यसका साथै वर्षायामको समयमा पहाडी जिल्लाहरु हुने वाढी पहिरो जस्ता विपदका घटनाहरुमा नागरिकको धनजनको सुरक्षाका लागी तत्काल उद्धार कार्यमा परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहन समेत निर्देशन दिनु भएको छ ।

निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख हरिहरनाथ योगीले प्रदेश प्रहरी प्रमुख कार्कीलाई उदयपुर जिल्लाको समग्र शान्ती सुरक्षाको अवस्था, जनशक्ती व्यवस्थापन, भावि कार्य योजन, सुरक्षा चुनौतीहरु सहितको प्रस्तुतिकरण गर्नु भएको थियो ।

निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख कार्कीले जिल्लाका स्थानीय बुद्धिजिवि, नागरिक समाज, स्थानिय जन प्रतिनिधीहरु तथा संचारकर्मीहरुसंग भेटघाट गर्नु भई समग्र जिल्लाको शान्ति सुरक्षाको अवस्थाको वारेमा अन्तरक्रिया तथा छलफल गर्नुका साथै प्रहरी र नागरिक समन्वय र सहकार्य गरी अगाडि बढेमा समाजमा शान्ति सु-व्यवस्था प्रभावकारी हुने बताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।