पूर्व श्रीमानले गरे श्रीमती र दुई छोरीको हत्या

काठमाडौं । रुपन्देहीमा पूर्वश्रीमानले श्रीमती र दुई छोरीको हत्या गरेका छन्। डिभोर्स गरेर अर्कैसँग बिहे गरेकी श्रीमती र दुई छोरीलाई श्रीमानले बुधबार बिहान हत्या गरेका हुन्।

३३ वर्षीया दीपा बस्याल, छोरी ७ वर्षीया स्नेहा बस्याल र ४ वर्षीया हिमानी बस्यालको हत्या भएको रुपन्देहीका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए।

बुटवल उपमहानगरपालिका-११ मैत्रीपथमा बस्दै आएका पूर्वश्रीमानले बिहान ४ बजेतिर दीपा र छोरीहरूलाई चक्कु तथा हम्मर प्रहार गरी हत्या गरेको क्षेत्रीले बताए।

हत्याको खबर भने प्रहरीलाई बिहान ७ बजे मात्रै पुगेको थियो। क्षेत्रीका अनुसार दीपा आफ्ना दुई छोरी लिएर पूर्वश्रीमानको घरमा पुगेकी थिइन्। उनलाई मंगलबार छोरीसहित पूर्वश्रीमानले आफ्नो घरमा बोलाएका थिए।

‘उनी किन गएकी थिइन् भन्ने कुरा अनुसन्धान भइरहेको छ,’ क्षेत्रीले भने, ‘अहिले घटनास्थल सुरक्षित गरेर शवको मुचुल्का उठाउने तयारी भइरहेको छ।’

दीपाका पूर्वश्रीमान् सुजन कोइरालालाई पक्राउ गरी अनुसन्धान थालिएको क्षेत्रीले बताए।

मृतक महिला पाल्पाको तानसेन नगरपालिका-७ कुनसरे आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत थिइन्। उनले केही वर्षपहिले नै सम्बन्धविच्छेद गरी नवलपरासीका अर्का व्यक्तिसँग बिहे गरेकी थिइन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖