अतिक्रमित जग्गा खाली गराउन डिवीजन बन रौतहट सक्रिय

सञ्जय मिश्रा/रौतहट, १४ जेठ। डिभिजन बन कार्यालय रौतहटले बन अतिक्रमण हटाउने देखी चोरी तस्करी नियन्त्रणमा बिशेष जोर दिएको छ।

 

डिभिजन प्रमुख हेमन्त प्रसाद साहको सक्रियता र बन कर्मचारी तथा सशस्त्र बन रक्षक टोलीले  अतिक्रमणको चपेटामा परेको बनको जग्गा खाली गराउन र चोरी तस्करी नियन्त्रण गर्न अभियानको रुपमा तिब्रता दिएको हो।

 

अभियानअन्तर्गत मंगलबार वृन्दावन नगरपालिका-१ स्थित भोटे टोलको वन अतिक्रमण हटाइएको छ।

 

वृन्दावन सब डिभिजन वन कार्यालय बलरीका वन अधिकृत ललन राउत कुर्मीको कमान्डमा डिभिजन वन कार्यालय, वृन्दावन सब डिभिजन वन कार्यालय बलरी र चेतनगर पोस्टका वन कर्मचारी तथा सशस्त्र बन रक्षकको संयुक्त गस्ती टोलीले भोटे टोलको विभिन्न पाँच स्थानमा करिब १बिगाहा क्षेत्रफल वन अतिक्रमण गरी  लगाइएको अदुवा, बेसार, केरा र तरकारी खेती नष्ट गर्नुका साथै स्थानीयले बनाएको  घरटहरा  भत्काइएको डिवीजन प्रमुख हेमन्त प्रसाद साहले न्युज कारखाना लाई जानकारी दिएका छन्।

 

यस अघी डिवीजन प्रमुख साहको सक्रियतामा चालु आर्थिक वर्षको साउन देखी बैसाख मसान्त सम्म राष्ट्रिय तथा सामुदायिक वनबाट तस्करले अबैध रुपमा कटान गरी लैजाँदै गरेको बिभिन्न जातको बाजार मूल्य २० लाख भन्दा बढी पर्ने ५२६ क्युफिट काठ बरामद गरिएको छ।

 

 

उक्तअबैध काठ ढुवानी गर्न प्रयोग गरिएको ट्रक, ट्याक्टर, ४ थान पिकअप गाडी साइकल र मोटरसाइकल सहित २६ वटा सवारी साधन बरामद गरिएको प्रमुख साहले बताए।

त्यसैगरी सोही अवधिमा काठको चोरी तस्करीमा संलग्न २६ जना तस्कर लाई पक्राउ गरी कारबाहीको दायरामा ल्याईएको छ। ती तस्करहरुबाट जरिबाना तथा धरौटी स्वरुप कुल २५ लाख,६५ हजार ९६६ रुपैयाँ राजश्व दाखिला गरिएको डिवीजन प्रमुख हेमन्त प्रसाद साहले बताएका छन्।

 

वृन्दावन राष्ट्रिय बन, पौराई राष्ट्रिय बन, धनसर राष्ट्रिय बन, अन्तर्गत , फूलबारी, खयरधारी र भुलटार क्षेत्र लगायतका स्थानहरूमा बिभिन्न ब्यक्तिले अतिक्रमण गरी खेतीबारी गर्दैआएको १२.७४७ हेक्टर वन क्षेत्रको जग्गा अतिक्रमण उक्त  गरिएको छ। 
बन कर्मचारीको सक्रियतामा ती जग्गामा व्यक्तिले लगाएको तारबार हटाइ पुनः वन क्षेत्र कायम गरिएको छ भने कतिपय स्थानमा  वृक्षारोपण गरिएको छ । अतिक्रणकारी लाई कारवाही स्वरूप मुद्दा दायर गरिएको छ ।

भुलनटार क्षेत्रको बनको जग्गा अतिक्रमण प्रकरणमा स्थानिय बीरबहादुर लोप्चन माथि बन एन अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको डिवीजन बन कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ । बिगतमा हिन्दूहरूको चाडँपर्वको समयमा बन कर्मचारी बिदामा जाँदा काठको चोरी तस्करी बढने गरेको देखिएकाले अब चाडँ पर्वमा पालो पालो बिदा दिनेगरेको डिवीजन प्रमुख साहले जानकारी दिएका छन्। त्यस्तै राष्ट्रिय तथा सामुदायिक वन संरक्षणका लागि २४ औं घन्टा निगरानी र अनुगमन कार्य थपप्रभावकारी बनाइएको डिवीजन बन कार्यालय रौतहटले जनाएको छ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।