प्रहरी हुँ भन्दै ठग्दै हिँड्ने नक्कली डिएसपी र इन्स्पेक्टर पक्राउ

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को डिएसपी हुँ भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक-२ बालकोट घर भएका ४१ वर्षीय अनिल थापा रहेका छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्युरोले मध्यपुर ठिमी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो।

मध्यपुर ठिमी नगरपालिका-५ कमेरोटार बस्दै आएका थापाले सिआइबीको डिएसपी भन्दै जबरजस्ती करणीको मुद्दा मिलाइदिने बहानामा एक जनाबाट ८ लाख ४० हजार रुपैयाँ ठगी गरेको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काले बताए।

उनलाई जिल्ला अदालत ललितपुरबाट सात दिन थुनामा राख्ने अनुमति लिएर हिरासतमा राखिएको छ। थापा २०७५ सालमा समेत ठगी तथा आपराधिक विश्वासघातको कसुरमा पक्राउ परेका थिए।

यस्तै, सिआइडी प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक हुँ भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मकवानपुर थाहा नगरपालिका-७ का ३४ वर्षीय रामकुमार सापकोटा र बाजुरा बुढिनन्दा नगरपालिका-३ का २८ वर्षीय ओब्जन चदारालाई कीर्तिपुर ट्यांलाफाँटबाट मंगलबार पक्राउ गरेको हो।

उनीहरूले वैदेशिक रोजगारीका लागि दुबई जाने प्रयोजनमा ३० लाख ठगी भएका व्यक्तिको पैसा उठाइदिने भन्दै ४ लाख ५० हजार ठगी गरेको उक्त कार्यालयले जनाएको छ।

नगद लिएपछि ग्लोबल आइएमई बैंकको २ लाख ५० हजार रुपैयाँको चेक कटाएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए।

दुबैलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइएको छ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।