घरेलु महिला श्रमिकहरुको कामलाई राज्यले मान्यता दिनुपर्छः श्रममन्त्री भण्डारी

काठमाडौं, २० जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले घरेलु श्रमिक महिलाहरुको पनि पेशागत हकहित र सुरक्षाका लागि ट्रेड युनियन हुनुपर्ने बताएका छन । 

मंगलवार घरेलु श्रमिक मन्चको नेतृत्वमा आफना समस्याहरु सुनाउन मन्त्रालय पुगेका श्रमिक महिलाहरुको माग प्रति प्रतिबद्धता जनाउँदै मन्त्री भण्डारीले घरेलु श्रमिकको काम पनि एउटा पेशा भएको जिकिर गर्दै यस क्षेत्रमा देखिएका समस्याहरु समाधान र हकहितका लागि ट्रेड युनियन गठन गर्न सुझाएका हुन । 

 

उनले भने, ‘कुनै पनि कर्म र कार्य गरेपछि त्यसले ट्रेड युनियनको अधिकार पाउनु पर्छ । आफनो पेशागत हकहितका लागि बोल्नु पाउनुपर्छ । र, राज्यले त्यसलाई पहिचान दिनुपर्छ ।’ तपाईहरुले गरेको कामको मान्यता पाउनु पर्ने माग जायज रहेको बताउँदै राज्यले त्यसलाई मान्यता दिने उनले प्रतिबद्धता व्यक्त गरे । 

 

उनले भने, ‘यो पनि एक पेशा हो, यसका विभिन्न पक्षहरु छन, यसका लागि सबै घरेलु श्रमिक महिलाहरु आफना हकहित र पेशागत सुरक्षाका लागि संगठित हुनु जरुरी छ ।’

 

मन्त्री भण्डारीले घरेल श्रमिक कामदारहरु अनौपचारिक क्षेत्रको रुपमा रहेको हुनाले यसलाई औपचारिक क्षेत्र बनाउनु पर्नेमा जोड दिए । घरेलु श्रमिकहरु सँग पारिश्रमिक (ज्याला), कामको क्रममा भेवभाव (छुवाछुतको व्यवहार) हिंसा खेप्नु परेको जिकिर गर्दै उनीहरुको अधिकार सुनिश्चित गर्दै सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनु पर्नेमा जोड दिए ।

 
उनले श्रम ऐन कानुन संशोधन हुने क्रममा रहेको जानकारी गराउँदै घरेलु श्रमिक महिलाहरुले भोग्दै आएका समस्याहरु समाधानका लागि के कस्ता बिषयहरु ऐनमा समावेश गर्ने सरकारलाई सामुहिक लिखित सुझाव दिन आग्रह गरे । 

मन्त्री भण्डारीले भने, ‘तपाईहरु ठिक समयमा आइपुग्नु भएको छ । नेपालको श्रम ऐन संशोधनको क्रममा रहेको छ । यसमा तपाईहरुको उठाएका उचित मागहहरुलाई पनि सम्बोधन गर्नुपर्ने आवश्यकता देखियो । तपाईहरुले पनि बुँदागत रुपमा आफना माग र समस्याहरु लेखेर मन्त्रालयमा दिनुस, त्यही अनुसार हामी छलफल अगाडि बढाउछौं । यि बिषयहरु श्रम ऐनमा उल्लेख हुनुपर्ने मेरो मान्यता छ ।’

विगत लामो समय देखि घरेलु महिलाको रुपमा काम गर्दै आएका करिब २ दर्जन महिलाहरु कामको क्रममा भोगेका समस्याहरु मन्त्रीलाई सुनाएका थिए । उनीहरुले काम गर्दा न्युन तलब, दुर्व्यवहार, हिंसा भोग्नु परेका सविस्तार पिडा सुनाएका थिए । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।