“पर्यटक प्रहरी अनुशिक्षण” तालिमको समुद्‍घाटन

विराटनगर, जेठ २२ गते । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको तत्वावधानमा संचालन हुने ७ कार्य दिनको “पर्यटक प्रहरी अनुशिक्षण” तालिमको समुद्‍घाटन भएको छ ।

जेठ २२ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा प्रहरी नायव उपरीक्षक ध्रुव कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त तालिमको समुद्‍घाटन भएको हो ।

तालिम समुद्‍घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रहरी नायव उपरीक्षक ध्रुव कुमार श्रेष्ठले बिश्वको सर्वोच्च शिखर सगरमाथा लगायत अन्य बिभिन्न प्राकृतिक, धार्मिक सम्पदा तथा रमणिय पर्यटकिय स्थल रहेको हाम्रो देश नेपालमा भ्रमणको लागी आउनु हुने विदेशी तथा स्वदेशी पर्यटकहरुको आवागमन स्थल तथा भ्रमण स्थलहरुमा सुरक्षा व्यवस्था मजवुद बनाउन तथा उनिहरुको यात्रामा समन्वय र सहजिकरण गर्न पर्यटक प्रहरी परिचालन गर्नुपर्ने आवश्यक रहेकोले प्रहरी कर्मचारीहरुलाई “पर्यटक प्रहरी अनुशिक्षण” तालिम प्रदान गरिएको बताउनु भयो ।

यसका साथै वहाँले तालिममा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरुलाई तालिमबाट धेरै भन्दा धेरै ज्ञान आर्जन गरी कार्य क्षेत्रमा गरी त्रुटि रहि तवरले कार्य सम्पादन गर्न निर्देशन समेत दिनु भएको छ । उक्त अनुशिक्षण तालिममा ४ जना प्रहरी निरीक्षक सहित ६० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।