सशस्त्रका दुई गोताखोर सप्तकोशी नदीमा बेपत्ता

काठमाडौं – सप्तकोशी नदीमा उद्दार अभ्यास गर्ने क्रममा सशस्त्र प्रहरीका दुई जना गोताखोर बेपत्ता भएका छन्। 

बिहीबार अपराह्न सशस्त्रका दुई गोताखोर नदीमा बेपत्ता भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए। 

‘हाम्रा दुई जना गोताखोर नदीमा बेपत्ता छन्, खोजी भइरहेको छ,’ उनले भने। सामान्य अवस्थामा यस्तो दुर्घटना नहुने फिल्डमा रहेका कमान्डरले बताएको उनले बताए।

‘कुनै गम्भीर प्राविधिक समस्या आएको हुन सक्ने र पानीको बहाव अत्यधिक रहेको ठाउँमा दुर्घटना भएको हो,’ उनले भने। 

बेपत्ता हुनेमा सशस्त्र प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी छन्। मनसुनमा वर्षाको कारण आउने बाढीमा फसेकोहरुको कसरी उद्धार गर्ने भनी अभ्यास गरिरहेको बेला उनीहरू नदीमा हराएका थिए।  

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖