त्रिविले स्नातक तहमा भर्ना रोकेर अन्याय गरेको भन्दै स्ववियु नेताहरूको आपत्ति

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा भर्ना रोक्दा विद्यार्थीहरू अन्यायमा परेको भन्दै स्वतन्त्र विद्यार्थी युनियनका नेताहरूले आपत्ति जनाका छन्।

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरूले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको नाममा २०८१ साल माघ ११ गतेदेखि नै भर्ना रोकेर विद्यार्थीको भविष्यमाथि खेलवाड गरिएको बताएका हुन्।
त्रिविबाट सम्बन्धन लिएका निजी क्याम्पस र केही सामुदायिक क्याम्पसहरूले अहिले पनि स्नातक तह प्रथम वर्षमा भर्ना लिइरहेको उनीहरूको दाबी छ। त्रिविको आंगिक क्याम्पसहरूमा भने गत माघ ११ देखि नै भर्ना रोकिँदा समस्या आइपरेको विद्यार्थी नेताहरूको गुनासो रहेको छ।

‘विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको भर्ना खोलेन। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको कारणले २०८१ साल माघ ११ गतेबाट भर्ना रोकियो। हाम्रो चाहना चाहीँ विद्यार्थीले भर्ना हुन पाउनुपर्छ। विद्यार्थी भर्ना खोल्नुपर्छ। चारदेखि पाँच हजार विद्यार्थीले भर्ना हुन पाएका छैनन्। अरु बेला अर्को वर्ष भदौमा परीक्षा हुँदा विद्यार्थी साउनसम्म भर्ना हुन पाउँथे। ब्याचलरमा समेष्टार सिस्टम पनि छैन, जतिबेला पनि भर्ना हुन पाउँछन्,’ शंकरदेव क्याम्पस स्ववियू सचिव मदनराज उपाध्यायले भने।

त्रिविका भिसी, रेक्टर र रजिष्टारले एकतन्त्रीय शासनजस्तो गरी भर्ना रोकेको विद्यार्थी नेताहरूले बताए। त्रिविको आंगिक क्याम्पस शंकरदेव क्याम्पसमा विगतमा ३ देखि ४ हजार विद्यार्थी स्नातक तहमा भर्ना हुने गरेकोमा अहिले १ हजार ५ सय विद्यार्थीमात्रै भर्ना भएको उनले बताए।
त्रिविका सबै क्याम्पसमा स्नातक तहमा पुनः भर्ना खोलिनुपर्ने र विद्यार्थीको पढ्न पाउने हकलाई बञ्चित गरिन नहुने उनीहरूको माग छ।

कार्यक्रममा शंकरदेव क्याम्पसका स्ववियु सभापति सुशान्त बस्नेत, पब्लिक युथ क्याम्पस नेपाल विद्यार्थी संघका सन्तोष श्रेष्ठ, कैलाशकुट क्याम्पसका स्ववियु सभापति सुवर्ण गौतम, भक्तपुर क्याम्पसका स्ववियु सभापति पुकार पराजुली, थली क्याम्पसका अंशु फुँयाललगायतका विद्यार्थी नेताहरू सहभागी थिए।

त्रिविले पटक–पटक शैक्षिक क्यालेण्डर उल्लंघन गरेको उनीहरूको आरोप छ। रजिष्ट्रेसन चाहीँ जेठसम्म खोलिने तर भर्ना गर्न नपाउने अवस्थाको अन्त्य हुनुपर्ने उनीहरूले बताए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।