स्वदेशी उत्पादन वृद्धि गरी निर्यात बढाऔंः उद्योग मन्त्री

बैतडी, २२ जेठ । उद्योग, वाणिज्य आपूर्ति मन्त्री दामोदर भण्डारीले सीमावर्ती क्षेत्रका उद्यमीहरूले स्वदेशी उत्पादन वृद्धि गर्दै भारत निर्यात गर्नुपर्ने बताएका छन ।

बिहीबार बैतडीको देहिमाडौंमा आयोजित इण्डो–नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटन कार्यक्रममा बोल्दै उनले उद्यमीहरूलाई उत्पादन वृद्धि गरी निर्यातमा जोड दिन आग्रह गरे ।
 
सरकारले उद्योग मैत्री नीतिहरू लागु गरिरहेको बताउँदै युवा तथा महिला उद्यमीहरुहरुका लागि सहुलियतका कार्यक्रम ल्याएको बताए । सीमावर्ती भारतीय बजारबाट सामान प्रशस्त आयात भइरहेकोमा सोही अनुरूप निर्यातजन्य उत्पादनमा समेत जोड दिन उद्यमीहरूलाई आग्रह गरे ।

मन्त्री भण्डारीले बैतडी जिल्लाका प्रमुख विकास निर्माणका आयोजनाहरू सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल–भारत सिमानाका झुलाघाटस्थित महाकाली नदिमा मोटरेवल पुल निर्माणको प्रक्रिया अघि बढेको र आगामी दिनमा हुने प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका बेला थप प्रक्रिया अघि बढ्ने बताए । 
 
जिल्लाको आर्थिक, भौतिक तथा पर्यटकीय विकासका लागि आफ्नो ध्यान केन्द्रित भएको बताउँदै आफूले जिल्लावासीसँग गरेका प्रतिवद्धताहरु पुर गर्न लागि परेको मन्त्री भण्डारीको भनाई छ ।   
 
बैतडी सहित सुदूरपश्चिम प्रदेश सम्भावनाको खानी भएको बताउँदै भने, “प्राकृतिक स्रोतसाधन, जैविक विविधता, पर्यटन सम्भावना, कृषि, ऊर्जा र पूर्वाधार विकासमा अपार सम्भावना बोकेको प्रदेश हो, स्रोत साधनको उपयोग र जनसाङ्ख्यिक लाभांशका हिसाबले सुदूरपश्चिम प्रदेश अत्यन्त सम्भावनापूर्ण क्षेत्र हो, प्राकृतिक स्रोत र मानव स्रोतसँग सम्बन्धित विविध र आकर्षक लगानीका अवसरहरू विद्यमान छन् । यहाँ प्रशस्त वन स्रोत, वन उत्पादन, जडीबुटी तथा औषधीजन्य वनस्पति, खानी, जलस्रोत, कृषि क्षेत्रका लागि खेतीयोग्य जमिन र पशुपालनका सम्भावना छन् । यसको उपयोग गर्दै आर्थिक विकासमा जोड दिनु जरुरी छ ।” 
 
सरकारले उद्योगमैत्री बजेट ल्याएको मन्त्री भण्डारीको दाबी छ। वर्तमान सरकार नीतिगत सुधारमार्फत जनतालाई सुविधा प्रदान गर्न लागिपरेको पनि उनले बताए । स्टार्टअप सहुलियत कर्जा कार्यक्रम, सार्वजनिक निकायमा स्वदेशी वस्तुहरूको प्रयोग, सरकारी निकायका सेवाहरू अनलाइन माध्यमबाट प्रदान गर्ने लगायतका लोकप्रिय कार्यक्रमहरू ल्याइएको जानकारी दिए ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।