सप्तकोशीमा विपद् उद्धार अभ्यासका क्रममा बेपत्ता एक सुरक्षाकर्मीको शव भेटियो
सुनसरी । सप्तकोशीमा विपद् उद्धार अभ्यासका क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी जवान हरेदेव राजवंशीको शव फेला परेको छ।
एसएसपी नेत्र कार्कीको नेतृत्वमा खटिएको ३५ सदस्यीय टोलीले शव भेट्टाएको हो।
अर्का बेपत्ता जवान सुरज साउदको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले जानकारी दिएका छन्।


