श्रम मन्त्री भण्डारी जेनेभा प्रस्थान

काठमाडौं, २३ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी ११३ औं अन्तराष्ट्रिय श्रम सम्मेलनमा भाग लिन जेनेभा प्रस्थान गरेका छन् । 

शुक्रवार साँझ नेपाली टोलीको नेतृत्व गर्दै मन्त्री भण्डारी अन्तराष्ट्रिय श्रम संगठनद्धारा आयोजित ११३ औं अन्तराष्ट्रिय श्रम सम्मेलनमा भाग लिन त्यस तर्फ प्रस्थान गरेका हुन । जेठको १९ गतेदेखि ३० गते सम्म जेनेभामा ११३ औं अन्तराष्ट्रिय श्रम सम्मेलन सन्चालन भई रहेको छ ।
 
यसअघिका जारी सेसनहरुमा मन्त्रालयका तर्फबाट सचिव डा. कृष्णहरि पुष्करले सहभागिता जनाई रहेका छन । 
 

यस अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा मन्त्री भण्डारीले प्लेनरी सत्रमा सम्बोधनका क्रममा अनौपचारिक श्रमलाई औपचारिकीकरण,  सामाजिक न्याय प्रवद्र्धन, मर्यादित रोजगारी, नेपालको दस बर्षे आन्तरिक रोजगारीको योजना साथै मुलुकको दीर्घकालीन लक्ष्य र प्राथमिकताका बिषयहरुलाई प्रस्तुत गर्ने छन् ।
 

सचिवालयले जनाइए अनुसार मन्त्री भण्डारीले जेठको २६ गते प्लेनरी सेसनलाई विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
 
सोही दिन अन्तराष्ट्रिय श्रम संगठनका महानिर्देशक गिल्बल्र्ट एफ. हाउङवो  र मन्त्री भण्डारीबीच द्धिपक्षीय छलफल गर्ने कार्यक्रम रहेको छ ।
 
त्यस्तै, साउदी अरेबियाको अन्तर्राष्ट्रिय मामिला उपमन्त्री डा. तारिक अल हमदसँग नेपाल र साउदी अरबको श्रमसम्बन्धी बिषयमा द्धिपक्षीय छलफल गर्ने कार्यक्रम रहेको छ । 
 

मन्त्री भण्डारीले साइडलाइन छलफलको क्रममा अन्तराष्ट्रिय श्रम संगठनका सहायक महानिर्देशक सुश्री मिया सेप्पोसँग पनि सामाजिक सुरक्षाको बिषयमा छलफल गर्ने समय तय भएको बताइएको छ ।  
 

त्यसैगरी, स्विस श्रम निर्देशनालयका प्रमुख, आर्थिक मामिलाका लागि राज्य सचिवालय (सेको) जेरोम कोसान्डेसँग मन्त्री भण्डारीले द्धिपक्षीय छलफल गर्ने कार्यक्रम तय भएको छ ।
 
 
मन्त्री भण्डारीले जेठको २७ गते मलेसियाका मानव संसाधन मन्त्रीसँग भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको छ भने, अन्तर्राष्ट्रिय आप्रवासन संगठनका महानिर्देशक सुश्री एमी पोपसँग पनि आप्रवासनको विषयमा द्धिपक्षीय छलफल हुने निजी सचिवालयले बताएका छन् । 
 

त्यस्तै, मन्त्री भण्डारीले जेठ २८ गते जर्मनको बर्लिनमा हुने बालश्रम विरुद्धको विश्व दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । 
 

उनले जेठ २९ मा हुने सामाजिक न्याय सम्बन्धी विश्वव्यापी गठबन्धनको मन्च कार्यक्रममा सहभागी हुने र विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
 
जेठ, ३० गते सभाको प्लेनरी सेसनको समापन सत्रमा सहभागी भई मन्त्रीको भ्रमण टोली स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । 
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।