प्रधानमन्त्रीले गरे जीवन विकास सामुदायिक अस्पतालको उद्घाटन

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी–२ मा रहेको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको उद्घाटन गरेका छन् ।

जीवन विकास समाजका संस्थापक तथा मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलको अगुवाईमा मोरङको कटहरी गाउँपालिका–२ हल्दीबारीमा २ अर्ब लागतमा निर्माण भएको २०० बेड क्षमताको जीवन विकास सामुदायिक अस्पताल शनिबार प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् ।

सामाजिक व्यवसायको अवधारणामा मुनाफा वितरण नगर्ने संस्थाको रुपमा अस्पताल सञ्चालनमा ल्याएको अस्पतालका अध्यक्षसमेत रहेका सांसद मण्डलले जानकारी दिए । उनले अस्पतालले सहुलीयत दरमा नागरिकलाई सेवा प्रवाह गर्ने बताए । उनका अनुसार जुनसकै लघुवित्तका सदस्यहरुले जीवन विकास अस्पतालमा सहुलियत दरमा स्वास्थ्य सेवा पाउनेछन् । २५ वर्षअघि देखेको अस्पताल सञ्चालन गर्ने सपना आज पुरा गर्न पाउँदा हर्सित भएको उनले बताए ।

उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले इच्छाशक्ती भए काम गर्न सकिन्छ भन्ने उदारण सांसद योगेन्द्र मण्डलले दिएको बताए । ‘विकास अभियान्ताले, जागरण अभियान्ताले कस्तो काम गर्न सक्दा रहेछन् भन्ने नमुना जीवन विकास सामुदायिक अस्पताल बनेको छ,’उनले भने,‘यतै धेरै काम सरकारको प्रयास बिना पनि, व्यक्तीगत र सामुदायिक प्रयासले हुन सक्दा रहेछन् उपयुक्त ढंगको लिडरसीप भयो भने ।’

‘नेतृत्व यस्तै विकास प्रेमी र भिजिनरी हुनुपर्छ उनले भने,‘जनप्रतिनिधि यस्तैं (योगेन्द्र मण्डल तर्फ हेर्दै) हुनुपर्छ, कामको नेता हुनुपर्दछ, कुराको नेता होइन ।’

जीवन विकास अस्पतालले विरामीलाई सस्तो सेवा प्रवाह गर्नेमा आफू विश्वस्त रहेको उनले बताए । ‘उपचार गर्ने कुरालाई प्राथमिकतामा राखेर जसरी अघि बढेको छ, यो चुनौतिपूर्ण काम हो,’उनले भने,‘इन्सुरेन्स नभइकन सम्पन्न भन्दा सम्पन्न देशले पनि गर्न सक्दैनन, तर यस अस्पतालले कुनै पनि विरामीलाई पैसा नभएपनि फर्कन दिन्न भन्ने जुन अठोट गरेको छ, यो दुनियामा बहुत थोरै अस्पतालले मात्रै गर्छन् ।’ अस्पतालले विपन्न र कमजोर अवस्था भएका समुदायलाई स्वास्थ्य सेवामा सहज पहुँच दिने विश्वास पनि उनले व्यक्त गरे ।

२०० बेड क्षमतामा सञ्चालित अस्पताललाई विस्तार गर्दै लैजाने अस्पताल सञ्चालक समिति सदस्य एवं जीवन विकास लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिककृत संजयकुमार मण्डलले बताए । स्वागत मन्तव्य राख्दै उनले जीवन विकाससँग जोडिएका महिलाहरुसँगको आर्थिक कारोबार गर्दा संस्थाले गरेको मुनाफा अस्पतालको रुपमा नागरिकलाई नै फर्काएको बताए । ‘जीवन विकास समाजले लघुवित्र् सेवा प्रदान गर्दा सरप्ल्स भएको बचत फेरि तपाईहरुलाई नै फर्काएका छौं,’ उनले भने,‘२५ वर्षअघि माननीय योगेन्द्र मण्डलले देख्नु भएको सपना आज साकार भएको छ ।’ उनका अनुसार एउटा कोठाबाट सुरु भएको २४ घण्टे क्लिनिकको विकसित रुप आजको अस्पताल भएको बताए ।

२०५४ सालमा गरिबीरहित नेपालको परिकल्पनासहित स्थापना भएको जीवन विकास समाजले ग्रामीण क्षेत्र तथा विपन्न वर्गको जीवनस्तर उकास्नका लागि लघुवित्त सेवा, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी सृजनाको क्षेत्रमा काम गर्दै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।