सप्तरीमा डकैतीपछि गोली हानी घरधनीको हत्या, दुई जना पक्राउ

सप्तरी । सप्तरीको सुरुङा नगरपालिका–८, मलहनवामा बिहीबार राति भएको डकैती र गोली प्रहारबाट ५६ वर्षीय कान्तलाल चौधरीको हत्या भएको घटनामा संलग्न आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। दुवै जना छिमेकी गाउँका हुन्। एक जनालाई घट्नाको राति र अर्कोलाई शनिबार पक्राउ गरिएको हो।

पक्राउ परेकाहरुको परिचय गोप्य राखिएको छ भने उनीहरूमाथि सोधपुछ र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। घटनामा चौधरीका भाइ रमाकान्त चौधरी घाइते भएका छन्।

करिब ५–६ जनाको समूहमा आएका डाकाहरुले घरबाट झन्डै ५ तोला सुन, २ किलो चाँदी र ५०–६० हजार रुपैयाँ नगद लुटेका थिए। प्रहरीले घटनास्थलबाट गोलीको खोका र तीनवटा गोली बरामद गरेको छ। अनुसन्धानमा सहयोग गर्न जनकपुरबाट तालिमप्राप्त कुकुर मगाइएको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।