गण्डक पश्चिम नहर आयोजनावाट ८,७०० हेक्टर जमिनमा सिंचाई हुने

नवलपरासी, २६ जेठ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले पश्चिम नवलपरासीमा रहेको नेपाल गण्डक पश्चिम नहर सिंचाई आयोजनाको ‘सेटलिङ्ग बेसिन’को उद्घाटन गरेका छन ।

नेपाल गण्डक पश्चिम नहर सिंचाई व्यवस्थापन कार्यालयले आज नवलपरासीको सेमरीमा आयोजना गरेको कार्यक्रममा मन्त्री खड्का र उक्त क्षेत्रका सांसद विनोद चौधरीले  उक्त बेसिनको संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

 

कार्यक्रममा मन्त्री खड्काले पश्चिम नवलपरासीका नागरिकले भोगेको डुवान र सिंचाइको समस्या समाधानका लागि आफू प्रतिवद्ध रहेको बताए । “यस क्षेत्रका माननीय ज्यूले मलाई यो कार्यक्रममा आउनुअघि नै भनिसक्नुभएको छ कि यहाँ रहेका ६ वटा नदिहरुमा तटबन्ध गर्नुछ, त्यसका लागि पर्याप्त बजेटको आवश्यकता छ, यसका लागि सरकार गम्भीर छ,” उर्जामन्त्री खड्काले भने ।

 

मन्त्री खड्काले पश्चिम नवलपरासीमा आफू मन्त्री भएपछि दोस्रो पटक आएको र यहाँका समस्यासँग आफू जानकार रहेको बताउनुभयो । उहाँले सांसद विनोद चौधरीजस्तो राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा स्थापित व्यक्ति यो क्षेत्रले पाउनु गौरवको विषय भएको बताए ।

 

कार्यक्रममा पश्चिम नवलपरासी–१ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य विनोद चौधरीले अब साविक भन्दा नहरबाट पाँच गुणा बढि भूमिमा सिंचाई सुविधा उपलब्ध हुने भएपछि किसान लाभान्वित हुने बताए।

 

“यो नहर पूर्ण सञ्चालनमा आउने व्यवस्था मिलाएपछि नवलपरासीका किसानको मुहारमा भरिएको खुसी देख्न पाउँदा मलाई अत्यन्तै सन्तुष्टि मिलेको छ, ‘यहाँका नागरिकले ३५ वर्ष सिचाईँका लागि जुन संघर्ष गर्नुपरेको थियो, तपाईहरुको पिडासँग जोडिएको त्यो वेदनालाई अब सम्बोधन भएको छ,” उनले भने ।

 

सांसद चौधरीले उक्त क्षेत्रको डुवानको समस्या समाधानका लागि सरकारले आवश्यक वजेट विनियोजन गरेर दिर्घकालिन समाधान निकाल्नसमेत मन्त्री खड्कालाई आग्रह गरेका थिए ।

 

नेपाल गण्डक पश्चिमी नहरको सेटलिङ्ग बेसिन ३५ करोड लागतको परियोजनामा अढाई वर्षमा सम्पन्न भएको हो ।  विस २०३९ सालमा निर्माण भएको नहरको सिंचाइ क्षमता ८ हजार ७०० हेक्टर क्षेत्रफल भए पनि मुहान मै बालुवा थुप्रिने समस्याका कारण २० प्रतिशत क्षमतामा मात्रै सिचाई हुँदै आएको थियो, अब यो समस्या समाधान भएको छ।

 

आज उद्घाटन भएको सेटलिङ्ग बेसिन निर्माणपछि अब नहरमा बालुवा जान रोकिनका साथै ८ हजार ७०० हेक्टर जमिनमा सिंचाई सुविधा पुग्नेछ ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।