स्कुलको कम्प्युटर चोर्ने ३ जना समान सहित पक्राउ

सञ्जय मिश्रा/रौतहट, २७ जेठ। रौतहटको कटहरिया नगरपालिका १ माबी भासेढवाको कम्प्युटर चोर्ने ३ जना पक्राऊ परेका छन्। 

 

पक्राउ पर्नेमा कटहरिया १ भासेढवा बस्ने बिगन दासको छोरा बर्ष २७ को मुकेश दास, सोही ठाउँका जयमङल दासको छोरा बर्ष १९ को राधेश्याम दास र बिजय दासका छोरा बर्ष १८ को राजु दास रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताए ।

 

उनीहरू ईलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएर चोरी शिर्षक मुद्धामा म्याद थप भै अनुसन्धान भइरहेको डिएसपी कार्कीले जानकारी दिएका छन्।

 

गत शनिवार राती मावि भसेढवाको बिद्यालय भवनकी दोस्रो तल्लामा रहेको लेखा शाखाको गेटको ताल्चा फुटाई डेल कम्पनीको कम्प्युटर सेट थान १ चोरी गरी लगेको थियो।

 

चोरीको अनुसन्धान गर्दै जाँदा घटनाको भोलिपल्ट आईतवार साँझ प्रहरीले आरोपी मध्येका राजु दासको घरमा छापा मारेको थियो। छापामारको क्रममा बिद्यालयबाट अहिले चोरी भएको सबै सामानका साथै विद्यालयमा पहिले चोरी भएको केही सामान समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

माबी भासेढवामा यसभन्दा अगाडि दुई पटक चोरी भएको थियो । २०७७ साल र २०८१ सालमा विद्यालयको कम्प्युटर लगायतको सामान चोरी भएको प्रधानाध्यापक राममंगल यादवले बताएका छन्। विद्यालयको छेउमै घर भएको आरोपीहरुले विद्यालयमा यस अघि पटक पटक चोरी गरेको अनुसन्धानबाट खुलेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

रौतहटको सामुदायिक विद्यालयमा चोरीको घटना हुँदा राजनीतिक दवाब देखि अनेकन प्रभाव परेको कारण घटना लाई भित्र भित्रै मिलाउने परम्पराको कारण चोरको मनोबल उच्च भएको स्थानीयहरूले बताएका छन्।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।