कोशी प्रदेश प्रहरी प्रमुखद्वारा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको निरीक्षण

ताप्लेजुङ, जेठ २७ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको निरीक्षण भ्रमण गर्नु भएको छ ।

जेठ २७ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय भवन, सम्पूर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ ।

निर्देशनको क्रममा वँहाले प्रहरीको आचरण तथा व्यवहारमा सुधार ल्याई आपसी भाईचारा तथा सहयोगी भावनाको साथ आफ्नो काम कर्तव्य, जिम्मेवारीलाई सदैव प्राथमिकतामा राखी संगठनको हित र उद्धेश्यलाई सर्वोपरी ठानी नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्नु पर्ने बताउनु भएको छ । साथै वँहाले कोशी प्रदेश पर्यटन वर्ष,२०८२ को अवसरमा धार्मिक स्थल, पर्यटकिय क्षेत्रहरु भएको पहाडी जिल्ला ताप्लेजुङमा भ्रमणको लागी आउनु हुने पर्यटकहरुको यात्रा सहज र सरल बनाई सत्कार र सम्मानका साथ गुणस्तरीय प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भयो ।

साथै शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रणका साथै सचेतनामुलक कार्यक्रम संचालन गरी समाजमा घट्ने बिभिन्न प्रकारका अपराधका घटनाहरुलाई निरुत्साहित गर्न प्रहरी सेवाको पहुँच पुर्‍याउन सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । यसका साथै वर्षायामको समयमा पहाडी जिल्लाहरु हुने वाढी पहिरो जस्ता विपदका घटनाहरुमा नागरिकको धनजनको सुरक्षाका लागी तत्काल उद्धार कार्यमा परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहन समेत वँहाले निर्देशन दिनु भएको छ ।

निरीक्षण भ्रमणको क्रममा ताप्लेजुङ पुग्नु भएका प्रदेश प्रहरी प्रमुख कार्कीले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी वरिष्ट हवल्दार सन्तोष कुमार तामाङलाई पुरस्कृत गर्नु भएको छ । पुरस्कृत हुने तामाङले जेठ ११ गते ताप्लेजुङको फक्तालुङ गाउँपालिका-३ का २८ बर्षीय टेकेन्द्र लिम्बुलाई खुकुरी प्रहार गरी कर्तब्य गरी मारेर फरार भएका फुङलिङ नगरपालिका-६ का ३० बर्षीय अर्जुन गुरुङलाई खुकुरी सहित पक्राउ गर्न सफल हुनु भएकोले सम्पादित कार्यको उच्च मुल्याङकन गर्दै प्रदेश प्रहरी प्रमुखले वँहालाई पुरस्कृत गर्नु भएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।