पाँचथर जिल्लाका स्थानीयबासी, नागरिक समाजहरुसँग परिचय तथा अन्तरक्रिया

पाचँथर, जेठ २७ । निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय पाँचथर पुग्नु भएका कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले पाँचथरका जिल्लाका नगर प्रमुख मित्र प्रसाद काफ्ले, जिल्लाका समन्वय समिति प्रमुख राम राज आङदम्बे, स्थानीयबासी, जनप्रतिनिधि, राजनैतिक दल, जिल्ला स्थित विभिन्न संघ संस्थाका पदाधिकारीहरु, व्यापार संघ, नागरिक समाज, संचारकर्मी लगायतका महानुभावहरुसंग परिचय तथा अन्तरक्रिया गर्नु भएको छ ।

जेष्ठ २७ गते जिल्ला प्रहरी कार्यालय पाँचथरको सभाहलमा आयोजित कार्यक्रममा उपस्थित महानुभावहरुसंग प्रदेश प्रहरी प्रमुख कार्कीले स्थानीय स्तरमा भएका समस्या र गुनासोहरुको बारेमा जानकारी लिनु हुँदै जिल्लाको शान्ति सुरक्षा, स्थानीय नागरिक र प्रहरी बिचको सहकार्य, लागू औषधको ओसारपसार, अपराधका घटना न्यूनिकरणको लागि स्थानीयबासीको भूमिका लगायतका विषयमा छलफल तथा अन्तरक्रिया गर्नु भएको थियो ।

साथै वहाँले दैवि प्रकोपको समयमा जनधनको उद्दारको लागी स्थानीय स्तरबाट प्रहरीलाई साथ र सहयोगको अपेक्षा गर्नुको साथै साथै ट्राफिक ब्यवस्थापनको बिषयमा समेत नागरीकहरु सचेत भएमा सवारी दुर्घटनाका घटनामा कमी हुने बिश्वास ब्यक्त गर्नु भयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक कौशल कुमार बुढाथोकी, प्रदेश प्रहरी गण विराटनगरका प्रहरी उपरीक्षक रुकेश तण्डुकार, लगायतका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।