अत्यधिक गर्मीका कारण झापामा दुई जनाको मृत्यु
झापा । झापा जिल्लाको अर्जुनधारा र बिर्तामोडमा अत्यधिक गर्मीका कारण दुई जनाको मृत्यु भएको आशंका छ।
अर्जुनधारा–११ का ६० वर्षीय मित्रलाल कामी र बिर्तामोड–२ का ३६ वर्षीय राम टुडु अचानक मृत फेला परेका हुन्।
पोस्टमार्टमका लागि शव भद्रपुर पठाइएको छ।


