लुटपाट गर्ने गिरोहका दुईजना पक्राउ

सञ्जय मिश्रा/रौतहट,२८ जेठ। रौतहट प्रहरीले लुटपाट गर्न खोज्ने गिरोहका २ जना मानिसलाई पक्राउ गरेको छ अन्य भने फरार भएका छन्।
 
पक्राउ पर्नेमा दुर्गाभगवती गाउँपालिका ३ बस्ने बर्ष २० को सिताराम महतो र बर्ष २० को सन्तोष महतो रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताए । 
 
अन्यको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। मंगलवार राती अढाई बजे यमुनामाई गाउँपालिका १ देउरैया नजिकमा लुटपाट गर्ने उद्देश्यले लुकीछिपी बसेका ८११० जना अपरिचित व्यक्तिहरु बसेका थिए।

उनीहरूले मध्ये प्रदेश ०२–०४–०००१ प ०००१ नम्बरको मोटरसाइकल चलाई आइरहेको  दुर्गाभगवती ३ मसुरिया बस्ने बर्ष २५ को कृष्णमणी झालाई रोकि लुटपाट गर्न खोजेको  जिल्ला प्रहरी कार्यालय रौतहटमा सूचना प्राप्त भएको थियो।
 
तत्काल नै जिल्ला प्रहरी कार्यालय र मातहतको कार्यालयबाट गएको प्रहरी टोलीले लुटपाट गर्ने गिरोहमा संलग्न दुवैजना अभियुक्त लाई पक्राउ गरेको थियो।
 

गिरोहका फरार रहेका व्यक्तिहरुको खोजतलास कार्य भइरहेको तथा घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रेस नोटमा उल्लेख गरिएको छ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।