हिकारू फाउन्डेसनद्दारा सशष्त्र प्रहरीलाई गोताखोर सामाग्री हस्तान्तरण

काठमाडौं, २८ जेठ । हिकारु गौतम फाउन्डेसनले सशस्त्र प्रहरीलाई गोताखोरका सामाग्री हस्तान्तरण गरेको छ।

आज राजधानीमा सामाग्री हस्तान्तरण आयोजना कार्यक्रम मार्फत सभामुख देबराज घिमिरेले सशस्त्र प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेललाई हस्तान्तरण गरेका हुन।

 

सस्थाका प्रमुख एवं पुर्व मन्त्री नेकपा एमालेका वरिष्ठ नेता कमलप्रसाद  चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा अमेरिकामा रहेका सहयोगी हातले जम्मा गरेको रकम स्वर्गीय हिकारुका बहिनी सोनिया गौतममार्फत नेपाल ल्याएका सामाग्री एक समारोह बीच आज  हस्तान्तरण गरिएको हो।

 

सभामुख घिमिरेबाट सामाग्री बुझ्दै  प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले यो संगठनको निम्ति ठुलो उर्जा बनेको बताए।

कार्यक्रममा बिदेशी पाहुना देखी रामेछापका माननीय सांसदहरु, पुर्व राजदूतहरु, समाजसेवी र आफन्त परिवारजनको बाक्लो उपस्तिथि रहेको थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले भने,  `सबैलाई  प्रेरित गराउने यस कार्यक्रमबाट म प्रभावित भएको छु।
शोकलाई शक्तिमा बदल्दै सामाजिक कार्यमा लागिपरेको यो सस्थाले समाजमा थप अनुकरणीय  काम गर्न सफल बनोस् शुभकामना ।´
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।