अनावश्यक रूपमा जनसबाल दैनिकको बदनाम गर्न खोजियोः सम्पादक बगाले

काठमाडौं, २८ जेठ । जनसवाल दैनिकका प्रकाशक तथा सम्पादक रामजी बगालेले आफु माथी परेको मुद्दा स्पस्टीकरण दिएका छन् ।
 
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ‘फेक बिज्ञापन’ गरेको भन्दै बिशेष अदालतमा मुद्दा दर्ता गरे पछि आफुवाट त्यस्तो काम नै नभएको दावीसमेत उनले गरेका छन् ।
 
बुधवार एक प्रेस बिज्ञप्ति जारी गर्दै सम्पादक बगालेले हरेक दिन प्रेस काउन्सिलाई बुझाउने पिडिएफ फाइलमा सो बिज्ञापन नभएको, सो बिज्ञापन कहिल्यै नछापिएको र हाल स्थानिय तहको कारोबार बैंकिङ प्रक्रियावाट हुने गरेको स्मरण गर्दै उनले कुनै पनि प्रकियावाट रकम पनि नलिएको दावीसमेत गरेका हुन्।
 
‘जनसवाल राष्ट्रिय दैनिक पत्रिकामा फतुवा बिजयपुर नगरपालिकाको विज्ञापन आजको मितिसम्म कहिल्यै छापिएको छैन्, यससम्बन्धमा प्रेस काउन्सिल नेपालको अभिलेखलाई हेर्दा पनि स्पष्ट हुन्छ किनकि हाम्रो प्रकाशनबाट प्रकाशित प्रत्येक अंक पत्रिका पहिलेदेखि नै त्यहाँको रेकर्डमा हार्डकपि र डिजिटल कपि रहने गरेको छ,’ उनले आज बिज्ञप्ति जारी गर्दै भनेका छन, ‘अख्तियारको आरोप पत्र हेर्दा कसैले हाम्रो जानकारी विना नै अनधिकृत तरिकाले जनसवाल राष्ट्रिय दैनिकको नक्कली पत्रिका छपाई गरेर या फोटोकपी गरेर भुक्तानी लिई हाम्रो बदनाम गर्ने तथा अनियमितता गरेको देखिन्छ ।’
 
उनले जनसवालले कुनै पनि रकम नलिएको पनि दावी गरेका छन् । ‘फतुवा बिजयपुर नगरपालिकाबाट जनसवाल पब्लिकेसन्स र जनसवाल राष्ट्रिय दैनिकका नाममा आजको मितिसम्म एक रुपैयाँ पनि रकम नआएको जानकारी गराउँदछु । जुन हाम्रो पत्रिकाको प्रभु बैंकमा रहेको खातामा चेक गर्न पनि म सरोकारवाला निकायलाई आग्रह गर्न चाहन्छु,’ उनले भनेका छन, ‘अहिले सरकारी कार्यालयको भुक्तानी बैंकमार्फत मात्रै हुने गर्छ, नगरपालिका, गाउँपालिका र सरकारी कार्यालय या कुनै एजेन्सी र व्यक्तिबाटसमेत हाम्रो पत्रिकाको खातामा रकम आएको छैन, सो सम्बन्धमा हामीले पनि आवश्यक अनुसन्धानसमेत गरिरहेका छौं र सो कार्यमा संलग्नहरुलाई कारवाहीको दायरामा ल्याउन सरोकार निकायलाई आग्रहसमेत गर्दछौ । यो विषयमा सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरोकारवाला निकायको पनि म ध्यानाकर्षण गराउन चाहन्छु ।’
 
उनले अगाडी प्रेस बिज्ञप्तिमा भनेका छन, ‘हाल हुँदै नभएको र गर्दै नगरेको बिषयमा नियोजित ढङ्गले हामीलाइ फसाउन खोजेको देखिन्छ, आफ्नो कुनै पनि संलग्नता र जानकारी नै नभएको बिषयमा हाम्रो बदनाम गराउने तवरबाट गरिएको उक्त कार्यको निन्दा गर्दै छिट्टै कानुनी उपचारमा जाने पनि जानकारी गराउन चाहन्छु।’

प्रेस विज्ञप्ति
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फतुवा बिजयपुर नगरपालिकाको विज्ञापन प्रकाशन नगरि रकम लिएर भ्रष्टाचारजन्य कार्यमा मतियार गरेको भन्दै  २०८२ जेठ २६ गते विशेष अदालत, काठमाडौंमा दायर गरेको आरोपपत्रमा जनसवाल राष्ट्रिय दैनिकको नामसमेत जोडेर यस जनसवाल दैनिकका सम्पादक रामजी बगालेलाई प्रतिवादी बनाइएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
 
हाम्रो पत्रिका जनसवाल दैनिक देशको संविधान, ऐन कानुनको परिधिमा रही पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै भ्रष्टाचार, अनियमितता लगायतविरुद्ध निरन्तर कलम चलाउँदै सुशासन प्रवद्र्धनमा योगदान गर्दै आएको सबैमा सर्वविदितै छ । यसरी देशको चौथो अंगको भूमिकामा रहेर सुशासनको पक्षमा कलम चलाउँदै आएको सन्चार माध्यम हामी आफैं यस्तो कार्यमा संलग्न हुने कुरा सोच्नसमेत नसक्ने प्रस्ट पार्न चाहन्छौं ।
 
जनसवाल राष्ट्रिय दैनिक पत्रिकामा फतुवा बिजयपुर नगरपालिकाको विज्ञापन आजको मितिसम्म कहिल्यै छापिएको छैन । यससम्बन्धमा प्रेस काउन्सिल नेपालको अभिलेखलाई हेर्दा पनि स्पष्ट हुन्छ । किनकि हाम्रो प्रकाशनबाट प्रकाशित प्रत्यक अंक पत्रिका पहिलेदेखि नै त्यहाँको रेकर्डमा हार्डकपि र डिजिटल कपि रहने गरेको छ । अख्तियारको आरोपपत्र हेर्दा कसैले हाम्रो जानकारी विना नै अनधिकृत तरिकाले जनसवाल राष्ट्रिय दैनिकको नक्कली पत्रिका छपाई गरेर या फोटोकपी गरेर भुक्तानी लिई हाम्रो बदनाम गर्ने तथा अनियमितता गरेको देखिन्छ । फतुवा बिजयपुर नगरपालिकाबाट जनसवाल पब्लिकेसन्स र जनसवाल राष्ट्रिय दैनिकका नाममा आजको मितिसम्म एक रुपैयाँ पनि रकम नआएको जानकारी गराउदछु । जुन हाम्रो पत्रिकाको प्रभु बैंकमा रहेको खातामा चेक गर्न पनि म सरोकारवाला निकायलाई आग्रह गर्न चाहन्छु । अहिले सरकारी कार्यालयको भुक्तानी बैंकमार्फत मात्रै हुने गर्छ । नगरपालिका, गाउँपालिका र सरकारी कार्यालय या कुनै एजेन्सी र व्यक्तिबाटसमेत हाम्रो पत्रिकाको खातामा रकम आएको छैन । सोसम्बन्धमा हामीले पनि  आवश्यक अनुसन्धानसमेत गरिरहेका छौं र सो कार्यमा संलग्नहरुलाई कारवाहीको दायरामा ल्याउन सरोकार निकायलाई आग्रहसमेत गर्दछौ । यो विषयमा सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरोकारवाला निकायको पनि म ध्यानाकर्षण गराउन चाहन्छु ।’

स्वदेश तथा बिदेशमा एउटा छुट्टै पहिचान स्थापित गरेको हाम्रो लोकप्रिय पत्रिकामाथि यसरी अन्यायपूर्ण ढङ्गले झुटा आरोप लगाउनु निन्दनीय छ । हाल हुँदै नभएको र गर्दै नगरेको बिषयमा नियोजित ढङ्गले हामीलाइ फसाउन खोजेको देखिन्छ । यसतर्फ सरोकारवाला संघ संस्थाहरुको पनि म ध्यानाकर्षण गराउन चाहन्छु ।  अहिले घटनाले मलाई मात्रै होइन सम्पुर्ण प्रेस जगतलाई चुनौती दिएको मैले महसुस गरेको छु । यस्ता घटना फेरि नदोहोरिएलान भन्न सकिन्न । त्यसैले यसतर्फ सचेत र सजग रहँदै निष्पक्ष न्यायिक छानविनको लागि दबाब सिर्जना गर्न म सरोकारवाला संघरसंस्था,सम्पुर्ण सञ्चार माध्यम, श्रमजीवी पत्रकार, सञ्चार उद्यमी र सञ्चारगृहलाई हार्दिक अनुरोध समेत गर्दछु ।
 
यो व्यक्ति र जनसवाल  केन्द्रित प्रहार हो । कुनै व्यक्ति वा समूहले बिना प्रमाण कसैलाई आरोप लगाउँदा आरोप पुष्टि नहुँदै यसरि चरित्र हत्या गरिनु नेपालको ऐन नियम र संविधानविपरित छ । यो विषयमा हामीमाथि पूर्ण अन्याय भएको छ । आफ्नो कुनै पनि संलग्नता र जानकारी नै नभएको बिषयमा हाम्रो बदनाम गराउने तवरबाट गरिएको उक्त कार्यको निन्दा गर्दै छिट्टै कानुनी उपचारमा जाने पनि जानकारी गराउन चाहन्छु । हुनत सम्मानित अदालतमा पुगिसकेको उक्त केसका बारेमा धेरै बोल्न जरुरी छैन । अदालतबाट  हामीमाथि लागेको आरोप खारेज हुन्छ भन्नेमा हामी ढुक्क छौ । 
 
यो विषयमा जनसवाल राष्ट्रिय दैनिकको कुनै संलग्नता नरहेको पुन स्पष्ट पार्न चाहन्छौं र यससम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न हाम्रा सम्पूर्ण पाठकवर्ग, शुभचिन्तक, विज्ञापनदाता र सरोकारवाला सबैमा अपिल गर्दछौं । 
म जनताको पक्षमा कलम चलाउने कलमजिवी सधै तपाईहरुकै साथमा रहने र आफ्नो कलम थप तिखार्दै जाने जानकारी समेत गराउँदछु ।
 
सम्पादक 
रामजी बगाले
जनसवाल राष्ट्रिय दैनिक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।