श्री नेपाली सेना वार कलेज नगरकोटका सि.सं. १३ हायर कमाण्ड एण्ड म्यानेजमेन्ट तालिमका शिक्षार्थीहरुको स्थलगत भ्रमण

विराटनगर, जेठ २८ गते । श्री नेपाली सेना वार कलेज नगरकोटका सि.सं. १३ हायर कमाण्ड एण्ड म्यानेजमेन्ट तालिमका शिक्षार्थीहरुले स्थलगत भ्रमणको क्रममा प्रदेश प्रहरी कार्यालयको अवलोकन भ्रमण गर्नुभएको छ ।

श्री नेपाली सेना वार कलेज, नगरकोटका सहायक रथीज्यूहरु लगायत कलेजमा संचालन भईरहेको सि.सं. १३ हायर कमाण्ड एण्ड म्यानेजमेन्ट तालिमका शिक्षार्थी महासेनानिज्यूहरुले प्रदेश प्रहरी कार्यालयको अवलोकन भ्रमण गर्नुभएको छ ।

अध्ययन भ्रमणको क्रममा जेठ २८ गते पाल्नु भएका सहायक रथी विष्णु कुमार खड्का सहितको समुहलाई कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिपक पोखरेलले स्वागत गर्नु भएको थियो । अवलोकन भ्रमणको क्रममा वहाँहरुले कोशी प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखा, महिला बालबालिका सेवा केन्द्र, सामुदायिक शाखा तथा शिशु स्याहार कक्षको अवलोकन भ्रमण गर्नु भएको थियो ।

भ्रमण पश्चात वँहाहरुलाई प्रहरी उपरीक्षक पोखरेलले प्रदेशको शान्ति सुरक्षाको अवस्था, अपराधिक गतिबिधिको अवस्था र प्रकृती, public law and order maintenance मा देखिएका चुनौतीहरु साथै नेपाल प्रहरी र अन्य सुरक्षा निकायहरु विचको समन्वयको अवस्था र अपेक्षाहरुको सम्बन्धमा प्रस्तुतिकरण राख्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।