मेयरले हातपात गर्दा पत्रकार घाइते, मेयर माथी कार्वाहीको माग

रौतहट, ३० जेठ। पत्रकार लाई दुव्यवार गर्ने कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जैसवाल माथि कार्वाहीको माग गरिएको छ।

पत्रकारमाथि दुर्व्यवहार भएको घटनाप्रति नेपाल पत्रकार महासंघ रौतहट शाखा र प्रेस चौतारी नेपाल रौतहट शाखाले आपत्ति जनाउँदै कारबाहीको माग गरेको हो। 

महासंघका सचिव गौतम श्रेष्ठ र प्रेस चौतारी रौतहट शाखाका अध्यक्ष अशोक कुमार पाहाडीले छुट्टाछुट्टै बिज्ञप्ति निकालेर मेयर जयसवालले कटहरिया म्यूजिकल एफएमका समाचार बाचक रबिन्द्र प्रजापतिलाई गाली बेइज्जती र अर्का समाचार बाचक सागर ठाकुरमाथि आक्रमणको घटना प्रती गम्भीर ध्यनाकर्षण भएको उल्लेख गरेको छ।

प्रेस चौतारीले जनप्रतिनिधिबाट यस्तो किसिमको व्यवहार हुनु प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता माथिको हमला भएको स्पष्ट पारेको छ । सञ्चार क्षेत्र संग आब्द ठाकुर लाई कुटपिट र प्रजापति लाई गाली दिनु स्वीकार्य नहुने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन बिज्ञप्ति मार्फत आग्रह गरिएको छ।

के हो घटना ?

कटहरिया ५ स्थित रहेको खानेपानी आयोजनामा पछिल्लो केही दिन देखि समस्या भएर पानी सप्लाई बन्द भएको छ। सोही समस्या बारे  समाचार बाचक  रविन्द्र प्रजापतिले सामाजिक सञ्जाल फेसबुकमा बिहीवार एउटा स्टाटस लेखेका थिए।

सोही स्टाटसमा अर्का समाचार ठाकुरले मेयर अजय प्रकाश जयसवाल प्रती कडा टिप्पणी गरेका थिए। म्यूजिकल एफएमका प्रमुख तथा मेयर जैसवालका प्रेस सल्लाहकार प्रकाश श्रेष्ठका अनुसार सोही स्टेट्सको बिषयमा कुरा गर्न मेयर जैसवालले दुवैजना प्रजापति र ठाकुरलाई श्रेष्ठ कै घरमा बिहीवार बेलुकी बोलाएका थिए।

घरमा बसेर छलफल भईरहेको समय आफ्नो समर्थक सहित पुगेका मेयर जैसवालले ठाकुरलाई दुर्व्यवहार तथा हातपात गरेको प्रेस सल्लाहकार श्रेष्ठले जानकारी दिएका छन्। 

चोटपटक लागेका ठाकुरको अहिले बिरगंजस्थित एक अस्पतालमा उपचार भइरहेको श्रेष्ठले जानकारी दिएका छन्। त्यस अघि मेयर जैसवालले प्रजापतिलाई फोन गरेर गालीगलौज गरेका थिए। पछी उक्त अडियो सामाजिक सञ्जाल फेसबुकमा बाहिरिएको छ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।