ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यु

रौतहट, ३१ जेठ। रौतहटको वृन्दावन नगरक्षेत्र अन्तर्गत खेतबाट बाटोमा चढाउन खोज्दा ट्याक्टरको अगाडिको भाग उठी च्यापिएर चालकको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा वृन्दावन-७ बस्ने इक्रुल मंसुरीको छोरा बर्ष २४ को ट्याक्टर चालक नजामोदिन मंसुरी  रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले न्युजकारखानालाई बताए ।

 

वृन्दावन- ७ हुसेनीचोक र आकरपाथर बिच भित्रि सडक खण्डमा  ना ४ त २०६८ नम्बरको गिट्टी लोड भएको ट्याक्टर  खेतबाट रोडमा निकाल्ने क्रममा अगाडिको भाग उठी स्टेरिङमा चालक मन्सुरी च्यापिएको अचेत अवस्थामा रहेको थियो।

प्रहरी टोलीले निजलाई उपचारको लागि चन्द्रपुर अस्पताल प्रालिमा पठाईएकोमा चिकित्सकले गएराती मृत घोषणा गरेको डिएसपी कार्कीले जानकारी दिए।

 

दुर्घटनामा परेको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।