वन कार्यालय प्रमुखकै सेटिङमा ऐलानी जग्गाबाट ग्राभेल उत्खनन

मुकेश कुमार यादव/सिरहा, ३१ जेठ। सिरहामा पछिल्लो समय सामुदायीक वन तथा ऐलानी जग्गाहरुमा वनका कर्मचारीहरुकै सेटिङमा अवैध रुपमा ग्राभेल उत्खनन गरिरहेको पाइएको छ। 

 

ऐलानी तथा सामुदायीक वनका जग्गाहरुमा ग्राभेल माफियाहरुले रातीको समयमा वनका कर्मचारी तथा प्रहरी प्रशासनसँगको मिलेमतोमा ग्राभेल उत्खनन गरीरहेको पाइएको हो।   

गए राति गोलवजार नगरपालिका २ मुक्सारबाट सामुदायीक वन तथा ऐलानी जग्गाहरुबाट अवैध रुपमा उत्खनन गर्ने जेसिभि एकथान र एक थान ट्रिफरलाई अवैध रुपमा ग्राभेल उत्खन्न् गर्ने क्रममा वन कार्यालयले नियन्त्रणमा लिएको थियो। 

 

नियन्त्रणमा लिएका उक्त जेसिभि र स १ त ८३६ नम्वरको ट्रिफरलाई शुक्रवार वन वा ऐलानी जग्गाको अनुसन्धान नै नगरी सव डिभिजन कार्यालय गोलवजार चोहर्वाका कार्यालय प्रमुख  आवेद हुसेनले छोडि दिएका छन् ।

 

कार्यालय प्रमुख आवेदले मोटो रकम लिएर निजि अवादी जग्गा रहेको भन्दै जरिवानाका लागी जिल्ला समन्वय समितिलाई चिट्ठी पठाइएको जनाइएको छ।

 

कार्यालय प्रमुख हुसेनले ग्राभेल उत्खननको क्रममा पक्राउ गरेको जेसिभि र ट्रिफर साहु स्थानिय ठेक्केदार विजय साहसँग आर्थिक चलखेलगरी निजि अवादीको झुठा कागज गरी जेसिभि, ट्रिफर र ड्राइभरलाई समेत छोडिएको प्रत्यक्षदर्शीहरु बताउँछन्। 

 

ठेक्केदार साह विगत ७ वर्षदेखि यी क्षेत्रहरुका ऐलानी पर्ति तथा सामुदायीक वनको जग्गाहरुबाट स्थानिय जनप्रतिनिधि तथा वनकर्मचारीहरुकै सेटिङमा प्राकृतिक स्रोतमाथी व्यापक दोहन गरिरहेको प्रत्यक्षदर्शीहरुको भनाई छ। 

रातीको समयमा अबैध रुपमा ग्राभेल तथा खोलाको समेत वालुवा गिट्टी चोरी निकासि गरेको बारे सम्वन्धित निकायलाई जानकारी गराउँदा समेत उत्खन्न् भन्ने नरोकिएको स्थानिय शिव थापाको गुनासो छ।

 

उनी भन्छन्, ‘राती उत्खनन भैरहेको कुरा वन, स्थानिय प्रहरी र सम्वन्धित निकायका सबैलाई जानकारी गराउँदा समेत उत्खनन वेरोकटोक चलिरहन्छ।

गत राति वनले नियन्त्रणमा लिएका गाडी साहु विजय साहले वनका कर्मचारीहरुलाई महिनवारीकै रुपमा मोटो रकम बुझाउने गरेको उनको दावी छ।

 

पछिल्लो सात वर्षदेखि ग्राइभेल माफियाहरुले यो क्षेत्रको करिव विसौ विघा जमिनबाट नियामक निकायकै मिलेमतोमा अवैध रुपमा प्राकृतीक स्रोत नै मासिने गरी व्यापक उत्खनन् गरेको स्थानिय राम प्रकाश यादबले बताए।

 

उनले भने, ‘सिरहाका नियामक निकायका पदाधीकारीहरु नै विकाउ भएपछि ग्राइभेल माफियाहरुले यस क्षेत्रमा एकछत्रीय राजनै चलाएको छ।’

यता, सोही विषयमा सव डिभिजन कार्यालय प्रमुख आवेद हुसेनलाई ऐलानीबाट उत्खन्न् गरीरहेको अवस्थामा जेसिभि र ट्रयाक्टर समात्नु भएको हो ? भनि प्रश्न गर्दा उनले भने ‘ ऐलानी वा निजि भन्ने यकिन गर्न सकिएन तर स्थानियहरुको भनाइ अनुसार पक्राउ गरिएका जेसिभि र ट्रिफर चाँही निजि जग्गामा माटो सम्याउने काम गरिरहेको थिायो । ट्रिफरमा लोड केहि थिएन र पनि हामीलाई स्थानियले दवाव दिएपछि ती दुईगाडी नियन्त्रणमा  लिएका थियौं तर भोली पल्ट एकजना स्थानियले यो मेरो जग्गा हो भनी दावी गरेकोले जेसिभि र ट्रिफरलाई जरिवाना काट्न लगाएर छोडिएको स्विकार गरे।’ 

 

तर, डिभिजनल वन कार्यालयबाट आएका एकवजा वनकै कर्मचारीले भने, ‘खेत सम्याउन ट्रिफरको आवश्यक्ता नै पर्दैन। सव डिभिजनका प्रमुख जावेद हुसेनको दावीलाई उनले उहाँले भनेको यो सवै झुठो हो। कार्यालय प्रमुख हुसेनले मोटो रकम लिएर ऐलानी जग्गालाई निजि वनाइएको हो। यसमा उनको सेटिङ रहेको उनले पनि दावी गर्छ। यो सेटिङ विना सम्भव नै छैन्।’
 

 

उक्त क्षेत्र बाट व्यापक रुपमा वनको र ऐलानीपर्तीहरु फडानीगरी ग्राभेल उत्खन्न् भैईरहेको सव डिसभजन कार्यालय चोहर्वा र इलाका प्रहरी कार्यालय मातहत मुक्सार प्रहरीचौकीमा पटक–पटक जानकारी गराउदाँ समेत समयमा प्रहरीहरु नआउनाले पनि   सेटिङ रहेको पुष्टि गर्छ। 

सिरहाको उत्तरी चुरे क्षेत्रमा हुने अवैध उत्खनन्ले स्थानियहरु त्रसित बनिसकेका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।