बाख्रा खोल्ने क्रममा चट्याङग लागेर वृद्धको मृत्यु

रौतहट, १ असार। रौतहटको मध्यभाग गरुडा नगरपालिका अन्तर्गत आज बिहान चट्याङ लागेर एकजना वृद्धको मृत्यु भएको छ। 
 
चट्याङ लागेर गरुडा नगरपालिका १ जयनगर बस्ने बर्ष ६५ को सियाराम वनियाको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले न्युज कारखानालाई बताए ।
 

आज बिहान सवा ८ बजेको समयमा जयनगर स्थित वनिया आफ्नै घर अगाडी बाँधेको बाख्रा खोल्ने क्रममा अचानक चट्याङग लागी गम्भीर घाईते भएका थिए।
 

घाईते बनियाको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा बिहान १० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहट द्वारा जारी सूचनामा उल्लेख गरिएको छ। 
 
रौतहटमा शनिवार देखी फाटफुट र आज बिहान देखी पानी परिरहेको छ। पानी पारेपछि गर्मिबाट केही राहत महसुस भएको छ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।