गरुडाका मेयरको भौतिक पूर्वाधार निर्माणमा जोड

सञ्जय मिश्रा/रौतहट, १ असार। रौतहटको मध्यभाग गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद जैसवालले भौतिक पूर्वाधार निर्माणमा जोड दिएका छन्।

मेयर जैसवालको पहलमा गरुडाको बिभिन्न वडाहरुमा लाखौं रुपैयाँको लगानीमा अनेक किसिमका विकास निर्माणको काम सुरु गरिएको हो।

गरुडा  ९ रघुनाथपुर श्रीपुरमा स्वास्थ्य चौकी भवनको छत ढलान कार्य शनिवार देखी सुरू भएको छ । करिब २० लाखको लागतमा निर्माण भइरहेको यो संरचना स्थानीय बासिन्दाहरूको सहज स्वास्थ्य सेवा पहुँचका लागि महत्वपूर्ण हुनेछ । उक्त अवसरमा आयोजित कार्यक्रममा मेयर जैसवालले स्वास्थ्य, शिक्षा र पूर्वाधार यिनै तीन आधारमा विकासको गति अघि बढाइरहेको बताए ।

गरुडा– ७ अन्तर्गत पिपरिया र भिनडाबरका किसानहरूलाई लक्षित गरी सिँचाइ सुविधा सुधार गर्न कृषि प्रयोजनका लागि विद्युत पोल जडान गरिएको छ ।
स्थानीय कृषकहरूलाई आधुनिक र सहज सिँचाइ पहुँच सुनिश्चित गर्दै आत्मनिर्भर कृषि प्रणालीतर्फको हाम्रो प्रतिबद्धता अझ बलियो बनाइएको मेयर जैसवालले बताए । 

 

त्यस्तै, गरुडा–२ गेडीगुठीमा किसानहरूको सिँचाइ सुविधा विस्तार गर्न विद्युतीय पोल जडान कार्य सुरु गरिएको छ । स्थानीय आवश्यकता र किसानको मागलाई प्राथमिकता दिँदै कृषि क्षेत्रमा सुधार ल्याउने हाम्रो प्रयास निरन्तर जारी रहेको उनको भनाई छ ।

गरुडा–६ पोठियाहीमा नगर बजेट अन्तर्गत १० लाख रुपैयाँको लागतमा १०० मिटर लम्बाइ र १४ फिट चौडाइको पक्की सडक ढलान कार्य भईरहेको छ। स्थानीय पूर्वाधारको विकासमार्फत जनताको दैनिक जीवन सहज बनाउन गरुडा नगरपालिका निरन्तर क्रियाशील रहेको छ ।

 

त्यस्तै गरुडा– ६ पोठियाहीमा १३१ मिटर लम्बाइको नाला निर्माण कार्य भईरहेको छ। नगर स्तरीय बजेटबाट ६ लाख ७५ हजार लागतमा निर्माण हुन लागेको यो नाला स्थानीय स्तरमा सरसफाइ, ढल निकास तथा वातावरणीय सुधारमा टेवा पुर्‍याउने विश्वास लिएको मेयर जैसवालले न्युजकारखानालाई बताए ।

गरुडा नगरको समुन्नत र व्यवस्थित विकासका लागि यस्ता पूर्वाधार निर्माण कार्य निरन्तर अगाडि बढाइने उनले प्रतिवद्धता जनाएका छन्।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।