काठमाडौको बूढानीलकण्ठमा भारतीय नागरिकसँगै मृत फेला परिन् २८ बर्षिया यी नेपाली महिला
काठमाडौ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटस्थित एक घरमा भारतीय नागरिक परम नारायण गिल (५४) र नेपाली महिला अन्जना तामाङ (२८) मृत अवस्थामा फेला परेका छन्।
गिलले भाडामा लिएको घरको कोठामा अन्जना सोफामा टाउकोमा चोटसहित मृत भेटिइन् भने गिल भुइँमा मृत अवस्थामा भेटिए। घटनास्थलमा फलामको ह्यामर र ‘सेल्फोस’ विषादी फेला परेको प्रहरीले जनाएको छ।
गिल प्रेस सञ्चालन गर्थे र अन्जना त्यहीँ ६ महिनादेखि काम गर्थिन्। दुबै विवाहित थिए, तर उनीहरूको जीवनसाथी विदेशमा छन्। घटना जेठ ३० गते भएको हो।


