मोरङको उर्लाबारीमा बेहोस अवस्थामा फेला परेका पुरुषको उपचारका क्रममा मृत्यु,खुलेन पहिचान

मोरङ । मोरङको उर्लाबारी नगरपालिका–३ स्थित धिमाल परियोजना स्थल नजिकै बेहोस अवस्थामा फेला परेका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।

सोमबार दिउँसो २ः५० बजेतिर धिमाल जातीय विकास केन्द्र समितिको आयोजनामा जातिरी सिरिजात पर्व समापन कार्यक्रम भइरहेको चौर नजिकै अन्दाजी ३५ देखि ४० वर्ष उमेरको एक पुरुष व्यक्ति बेहोस अवस्थामा भेटिएका थिए ।

बेहोस अवस्थामा फेला परेका पुरुषलाई इलाका प्रहरी कार्यालय मङ्गलबारेका प्रहरी सहायक निरीक्षक विष्णुबहादुर कटुवालको कमाण्डमा खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलबारेमा उपचारका लागि लगेको थियो । तर, उपचारकै क्रममा चिकित्सकले अपराह्न ३ः३० बजे उनलाई मृत घोषणा गरेका छन् ।

मृतकको नाम, ठेगाना खुल्न सकेको छैन । उनको हुलिया श्याम्लो वर्ण, कालो छोटो कपाल, पातलो शरीर, कालो पाइन्ट, कोठे सेतो सर्ट र भित्र गन्जी लगाएको रहेको प्रहरीले जनाएको छ ।

उनी आदिवासी समुदायका जस्तो देखिने अनुमान गरिएको छ । घटनास्थल अस्थाई प्रहरी चौकी मङ्गलवारे बजारबाट करिब ५ सय मिटर उत्तर पर्ने र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।-नेपालपूर्वबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।