विराटनगर वडा नम्बर १ द्वारा ज्येष्ठ नागरिकलाई टेबल पंखा वितरण

विराटनगर । विराटनगर वडा नम्बर १ ले वडाभित्रका ज्येष्ठ नागरिकहरुलाई टेबल पंखा वितरण गरेको छ ।

वडाध्यक्ष काजीबहादुर बस्नेत नेतृत्वको वडाको टोलीले ज्येष्ठ नागरिकको घर–घरमै पुगेर पंखा वितरण गरेको हो । ८० वर्ष उमेर पार गरेका ज्येष्ठ नागरिकहरुलाई वडाले गत वर्षदेखि पंखा वितरण गर्न सुरु गरेको थियो । वडाले विगतको कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिँदै घरमै पुगेर पंखा वितरण गरेको वडाध्यक्ष बस्नेतले जानकारी दिए । गर्मीको समयमा ज्येष्ठ नागरिकहरुलाई समस्या नहोस् भनेर टेबल पंखा वितरण गरिएको उनको भनाइ थियो ।

‘यसले गर्दा स्थानीय सरकार ज्येष्ठ नागरिकहरुप्रति जिम्मेवार छ भन्ने देखाउँछ,’ वडाध्यक्ष बस्नेतले भने, ‘वडाले ज्येष्ठ नागरिकहरुलाई तीर्थयात्रासमेत गराउँदै आएको छ । वडा सदस्य लक्ष्मी राई, वडासचिव सुमन दाहाल, विद्युत शाखा सुमन कामत र दुर्गा पण्डित साथैमा लिएर ज्येष्ठ नागरिकको घर पुगेका बस्नेतले सोमबार ९ जना ज्येष्ठ नागरिकलाई पंखा वितरण गरेका थिए ।

वडाध्यक्ष बस्नेतका अनुसार यस वर्ष ४५ जना ज्येष्ठ नागरिकलाई टेबल पंखा वितरण गर्ने योजना रहेको छ । गत वर्ष १३६ जना ज्येष्ठ नागरिकलाई पंखा वितरण गरिएको थियो । वडाभित्र ८० वर्ष उमेर पूरा भएका करिब १८२ जना ज्येष्ठ नागरिक छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।