धरान र इटहरीबाट ४ हजार २ सय ३० किलोग्राम लागुऔषध गाँजा सहित २ वटा ट्रक नियन्त्रणमा,धनकुटाका दुई सहित तीन जना पक्राउ

विराटनगर । सुनसरीको धरान उप- महानगरपालिका-१३ र इटहरी उप-महानगरपालिका-२० स्थितबाट ४ हजार २ सय ३० किलोग्राम लागू औषध गाँजा बोकेको २ वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

असार २ गते धरान-१३ शिवधारा स्थित कोशी लोकमार्गमा भेडेटारबाट धरान तर्फ आउँदै गरेको अदुवा र बन्दा कोवी बोकेको प्रदेश १-०२-००२ ख ०८४८ नम्वरको ट्रकमा चेकजाँचको क्रममा ७० वटा प्लास्टिकको बोरामा प्याकिङ गरी राखेको २ हजार १ सय ३० किलोग्राम गाँजा बरामद गरेको हो ।

यसै गरी असार ३ गते इटहरी-२० स्थित तरहरा जंगल नजिकै कोशी लोकमार्गमा इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी टोलीले चेकजाँचको क्रममा ना. ५ ख ६११६ नम्वरको ट्कमा ७० वटा प्लास्टिकको वोरामा प्याक गरी माथिबाट बन्दाकोवी र आलुको बोराले छोपी ल्याउदै गरेको अवस्थामा २ हजार १ सय किलोग्राम गाँजा बरामद गरेको हो ।

लागू औषध गाँजा बरामद भएसंगै ट्रक चालक धनकुटा शहिदभुमी गाउँपालिका-६ का राजेन्द्र राई सहित सोही स्थानका सुनिल राई र बराहक्षेत्र- ९ का सुमन राईलाई नियन्त्रणमा लिईएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।