कटहरियाको ११ औं नगरसभाबाट साढे ५४ करोड रुपैयाँको बजेट पारित

सञ्जय मिश्रा/रौतहट, ३ असार। रौतहटको कटहरिया नगरपालिकाको नगरसभा  ११ औं अधिवेसनले आर्थिक बर्ष २०८२÷८३ को लागी साढे ५४ करोड रुपैयाँको बजेट पारित गरेको छ। 

नगर सगरभाकाका अध्यक्ष मेयर अजयप्रकाश जैसवालले आगामी आव २०८२÷८३ को लागि  ५४ करोड २५ लाख ५२ हजार ४ सय ७५ रुपैया प्रस्तुत गरेको छ ।

जसअनुसार आन्तरिक आयबाट ४ करोड अनुमान गरिएको छ । त्यसै गरी नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट १० करोड १९ लाख, सशर्त अनुदानबाट २० करोड ३२ लाख ५० हजार ९ सय ५२ रुपैयाँ, राजश्व बाँडफाँटबाट १० करोड २८ लाख ५१ हजार ३ सय ५७ रुपैयाँ रहेको छ।

त्यस्तै, प्रदेश सरकारबाट वित्तीय समानीकरणबाट ६५ लाख राजस्व बाँडफाँटबाट ८ लाख ४८ हजार ५ सय रुपैयाँ, स्थानीय सरकार राजस्व बाँडफाँटबाट ८ करोड २८ लाख ८ सय ५४ रुपैयाँ गरी कुल आम्दानी ४९ करोड २७ लाख ६५ हजार ९ सय ५७ रुपैयाँमध्ये व्यायतर्फ कुल चालु खर्च ३५ करोड १३ लाख २६ हजार ९ सय ५ रुपैयाँ र पुँजीगत खर्च १४ करोड १४ लाख ३९ हजार ५२ रुपैयाँ गरी कुल खर्च ४९ करोड २७ लाख ६५ हजार ५७ रुपैयाँ हुने अनुमान गरिएको प्रमुख प्रशासकीय अधिकृत बीरबहादुर साह लहेराले सार्वजनिक गरेका हुन ।

प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ, खानेपानी तथा सरसफाई, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, पूर्वाधार तथा सहरी विकास सम्बन्धी नीति, सिंचाई, बिपद व्यवस्थापन, वातावरण सम्बन्धी नीति, प्राथमिकतामा राखिएको छ।

कृषिलाई यान्त्रिकरण गर्नेतर्फ आवश्यक कार्यक्रम तथा बजेटको व्यवस्था गरिने छ । व्यावसायिक कृषि खेतीका लागि आवश्यक तालिम कार्यक्रमहरू संचालन गरिनेछ।

तरकारी, फलफूलका बीउ तथा विरुवा निःशुल्क तथा किसानको लागत सहभागितामा वितरण गरि व्यावसायिकता दिलाइने छ भने कृषिजन्य खेतीमा सिंचाइ सुविधाको लागि सवै वडाहरूमा डिप बोरिङ जडान गरि कुलो तथा पम्पसेट तथा साना सिंचाइ कार्यक्रम संचालन गरिनेछ।

कृषिजन्य जमिनको माटोको उर्बर शक्ति मापनका लागि माटो परीक्षण शिविर संचालन गरिनेछ। तरकारी, फलफूल, दुध, अन्न, मासु, माछा आदि जत्ता उत्पादकको बजार सुनिश्चितता र सहज आर्थिक क्रियाकलापका लागि सरकारी, सहकारी, र निजी संघ संस्थाको सहकार्यमा उत्पादन केन्द्रबाट उपभोक्ता सम्म सुलभ मूल्यमा बिक्री व्यवस्थापन सम्बन्धी उपकरण र प्रविधि संयोजन विकास गरिनेछ।

सहकारी खेती र करार खेती र सहकारी करार खेती प्रणाली मार्फत कृषि उत्पादनको आन्तरिक र बाह्य बजार बिक्री व्यवस्थापनका लागि सहजिकरण गरिनेछ। कृषिमा आधुनिकीकरणका लागि मोबाइल एप्सबाट जानकारी प्राप्त गर्न सकिने एप्स को विकास गरिने उल्लेख गरिएको छ। 

 

नगरसभाका प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति रामअयोध्या यादवले जनमुखी काम गर्न सुझाव दिएका थिए। कार्यक्रममा उपमेयर रिता देवी यादवले स्वागत मन्तब्य राखेका थिए भने बिभिन्न वक्ताहरुले नगरसभा उदघाटनसत्रको सफलताको शुभकामना दिएका थिए।

 

कार्यक्रममा केही असन्तुष्ट वडा अध्यक्षहरु अनुपस्थित रहेका थिए। नगर कार्यपालिका सदस्य मनोजकुमार जैसवालले मेयरको पक्षमा बहुमत रहेको दाबी गरेका छन्
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।