एक किलो अफिम सहित पर्सामा चार जना पक्राउ

पर्सा – पर्साबाट प्रहरीले लागुऔषध अफिमसहित चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका-१ का ४० वर्षीय विनोद गिरी, सोही गाउँपालिका-५ का ३३ वर्षीय प्रदीप चौधरी, २८ वर्षीय सुनिलकुमार श्रीवास्तव र ३४ वर्षिय रामेश्वर राउत रहेका छन्।

उनीहरूलाई मंगलबार दिउँसो वडा प्रहरी कार्यालय विर्ता र लागुऔषध नियन्त्रण ब्युरो पर्साको टोलीले पक्राउ गरेको हो।

प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार ना४६प २५४० र ना४०प ६४६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई वीरगन्ज महानगरपालिका-१० रजत जयन्ती चोकबाट पक्राउ गरिएको हो।

पक्राउ परेका व्यक्तिले बोरा र त्यसभित्र प्लाष्टिकको झोलाले बेरेर एक किलो अफिम बोकेका थिए।

पक्राउ परेकाहरूलाई लागुऔषध मुद्दामा हिरासतमा राखेर अनुसन्धान सुरू गरिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।