विनयी खोलामा आएको बाढीले बगायो यात्रुबाहक बस
नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासमा विनयी खोलामा आएको बाढीले यात्रुबाहक बस बगाएको छ।
प्रहरीले दिएको जानकारी अनुसार बस करिब एक किलोमिटर तल फेला परेको छ भने सबै यात्रुहरूलाई सकुशल उद्धार गरिएको छ।


