अपडेट : सोलुखुम्बुबाट काठमाडौँ आउँदै गरेको बस पल्टिंदा २ जना घाइते(नामावली सहित)

सोलुखुम्बु । शुक्रबार बिहान सोलुखुम्बुबाट काठमाडौँतर्फ आउँदै गरेको बस दुर्घटना भएको छ।

सोलुखुम्बुको सल्लेरीबाट काठमाडौँका लागि छुटेको उग्रचण्डी यातायातको बस शुक्रबार बिहान सोलुखुम्बुकै साल्मेनजिक सडकमा पल्टिएको हो।

शुक्रबार बिहान सोलुखुम्बुको साल्मेमा पल्टिएको बस।
शुक्रबार बिहान सोलुखुम्बुको साल्मेमा पल्टिएको बस।

काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५५८२ नम्बरको उग्रचण्डी डिलक्स बस अनियन्त्रित भई बिहान ४ बजे सडकमै पल्टिएको हो।

बसमा चालक, सहचालक, कन्टेक्टरसहित ७ जना थिए।

दुर्घटनामा सिन्धुली फिक्कल गाउँपालिका-२ निवासी ३२ वर्षीय बस चालक होम बहादुर लुङ्गेलीको दुवै घुँडा र देब्रे हातमा सामान्य चोट लागेको छ।

त्यसैगरी रामेछाप लिखु गाउँपालिका-७ निवासी ३१ वर्षीय कन्डक्टर ताराबहादुर बुढाथोकीको दाहिने हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले जानकारी दिए।

घाइते दुवै जना जिल्ला अस्पताल फाप्लुमा उपचार गराइरहेका छन्। अन्य पाँच जना भने सकुशल छन्।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।