रौतहटमा अबैध ४५ लाखको समान सहित ट्रक बरामद

रौतहट, ६ असार । रौतहटमा प्रहरीले विशेष चेकजाँचका क्रममा बिलविजक भन्दा बढी परिमाणमा सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय गौर र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले आज बिहान ४ बजे तिर चन्द्रपुर नगरपालिका–४ स्थित चन्द्रनिगाहपुर नजिकै चेकजाँचका क्रममा सो ट्रकलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार ना ४ ख ७८६७ नम्बरको ट्रकमा बिलविजकभन्दा बढी परिमाणमा विभिन्न किराना र कपडाका सामग्रीहरू राखिएको पाइएको छ। नियन्त्रणमा लिइएको ट्रक र ट्रक चालक हरिहरनगर नगरपालिका–१ का २० वर्षीय जय दास सत्रियलाई थप कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय, पथलैया पठाइएको छ।

अनुमानित ४५ लाख ५६ हजार रुपैयाँ बराबरको सरसामान बिना  कागजात राखिएको भन्दै प्रहरीले सो सम्बन्धमा अनुसन्धान अगाडि बढाएको जनाएको छ।
घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी दिपक कुमार रायले आवश्यक करछलीको अनुसन्धानको लागि ट्रक र सामान सम्बन्धित निकायमा बुझाइएको न्युज कारखानालाई बताए ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।