काँकरभिट्टाबाट हतियार सहित भारतीय नागरिक पक्राउ
झापा । काँकरभिट्टा बसपार्कबाट भारतको सिलिगुडी निवासी ३५ वर्षीय जय प्रकाश कुमार पाठक हतियारसहित पक्राउ परेका छन् ।
गोप्य सूचनाका आधारमा खटिएको प्रहरीले WB 70 G 3232 नम्बरको TUV300 गाडी चेकजाँच गर्दा एक थान एयर पेस्तोल, पाँच थान एयर बुलेट र दुई थान खुकुरी फेला पारेको जनाएको छ ।
त्यसैगरी पाठकको साथबाट दुई थान मोबाइल, परिचय खुल्ने कागजात र गाडीको आरसी बुकसमेत बरामद गरिएको छ ।
पक्राउ परेका पाठकमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।-सुन्दरहरैचा अपडेटबाट


