झापा र मोरङबाट लागुऔषध ब्राउन सुगर सहित तीन जना पक्राउ

विराटनगर, असार ०८ गते । झापा र मोरङको दुई स्थानहरुबाट प्रहरीले लागू औषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गर्न सफल भएको छ ।

गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागु औषध नियन्त्रण ब्युरो काकरभिट्टाबाट संयुक्त रुपमा चेकजाँचमा खटिएको प्रहरी टोलीले असार ७ गते दिउँसो भद्रपुर नगरपालिका-५ स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश ०१-०३० च ७७९३ नम्बरको कारलाई चेकजाँचको क्रममा कारको सिट मुनी लुकाएर ल्याउदै गरेको ४७ ग्राम ६ सय ९० मिलिग्राम लागू औषध ब्राउन सुगर बरामद भए संगै कार चालक काठमाण्डौ महानगरपालिका-२६ का २४ बर्षीय निवेश कुँवर र कारमा सवार लमजुङ की २२ बर्षीया नोजिना रानामगरलाई नियन्त्रणमा लिएको छ ।

यसैगरी इलाका प्रहरी कार्यालय पथरी मोरङबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे नगरपालिका-१० का ३० बर्षीय बरुण लिम्बुलाई ब्राउन सुगर ७ ग्राम ९ सय ४० मिलिग्राम र नगद १५ हजार रूपैया सहित नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका उनिहरुको थप अनुसन्धान भई रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।