मौलापुरका जनतालाई ‘फ्री बिजुली, फ्री पानी’, नगरपालिकाले तिरिदियो ३ करोड बढी

सञ्जय मिश्रा/रौतहट, १० असार । रौतहटको मौलापुर नगरपालिकाले देशकै उदाहरणीय ‘फ्री बिजुली, फ्री पानी’ योजना अन्तर्गत विद्युत प्राधिकरणलाई थप ६० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ।

नगर प्रमुख रिना कुमारी साहले हालै प्राधिकरणको मौलापुर वितरण केन्द्रका प्रमुख राम दिनेश यादवलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेकी हुन । यो रकम चालु आर्थिक वर्ष २०८१÷८२ अन्तर्गत नगरवासीका विद्युत महसुलको भुक्तानीका लागि प्रदान गरिएको हो।

यसअघि नै २ करोड ५७ लाख १० हजार निकासा गरिसकेको नगरपालिकाले हालसम्म यो योजनामा कुल ३ करोड १७ लाख १० हजार खर्च गरिसकेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले न्युज कारखानालाई बताए । 

प्राधिकरणका अनुसार, हालको रकमले २०८२ सालको भदौ मसान्तसम्मको बिजुली महसुल पुग्ने अनुमान छ। शून्य कर नीतिअन्तर्गत मौलापुरले नागरिकलाई घरायसी र कृषि प्रयोजनका सबै प्रकारका बिजुली महसुलबाट पूर्णतः मुक्त गराउँदै आएको छ।
 
सामान्य प्रशासनिक संरचनाले कर संकलन गरी सेवा प्रवाह गर्ने चलनलाई चुनौती दिँदै मौलापुरले निःशुल्क आधारभूत सेवा वितरणको नयाँ मापदण्ड स्थापना गरेको छ।
 
नगर प्रमुख साहको दूरदृष्टिपूर्ण, पारदर्शी र समर्पित नेतृत्वले नगरवासीमा सशक्त र आत्मनिर्भर नागरिकको अनुभूति दिलाएको छ। ूअपन नगर, मौलापुर नगरू नाराले जनतामा विशेष भरोसा र अपनत्व बढाएको छ।

यस प्रकारका योजनाहरूले स्थानीय सरकारको सामाजिक उत्तरदायित्व र सेवा केन्द्रित शासनको नमूना प्रस्तुत गर्दै अन्य पालिकाहरूलाई समेत अनुकरणीय प्रेरणा दिन सक्छन्।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।