धनकुटा,झापा र मोरङबाट प्रतिबन्धित लागुऔषध सहित ८ जना पक्राउ

विराटनगर, असार १० गते । झापा, मोरङ र धनकुटा जिल्लाको बिभिन्न स्थानहरुबाट असार ९ गते प्रतिबन्धित लागू औषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी सिक्टी मोरङबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले मोरङको सुनवर्षी नगरपालिका-८ स्थितमा सिक्टीबाट डाईनिया तर्फ जादै गरेको नम्बर प्लेट नभएको मोटरसाईकललाई शंका लागी चेकजाँच गर्दा मोटरसाईकलमा सवार सोही स्थानका १९ बर्षीय अकमल मियालाई ४२ ग्राम ४ सय ४० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान गरी रहेको छ ।

यस्तै लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१५ र १६ स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेका लम्जुङका २५ बर्षीय राम कुमार गुरुङलाई ब्राउन सुगर १३ ग्राम ६५ मिलिग्राम र सुनसरीको धरान -६ का २८ बर्षीय करण तामाङलाई ३ ग्राम ४ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

यसैगरी इलाका प्रहरी कार्यालय मधुमल्लाको प्रहरी टोलीले लागू औषधको कारोबार गर्ने उर्लाबारी नगरपालिका-१ सुकुम्बासी टोलका २४ बर्षीय भिम बहादुर देवानलाई उनकै घरबाट ट्रामाडोल ९० क्याप्सुल र भोमिन ९० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो ।

यसका साथै इलाका प्रहरी कार्यालय राजारानी धनकुटाको चौबीसे गाउँपालिका-७ मौनाबुधुकका ३० बर्षीय भुपेन लिम्बू र चौबीसे -६ का २५ बर्षीय हेम बहादुर बि.क.लाई १ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो भने वडा प्रहरी कार्यालय भद्रपुर झापाले भद्रपुर- ९ का २५ बर्षीय अजय राजवंशी र २२ बर्षीय पर्शुराम राजवंशीलाई १ ग्राम २१ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

प्रतिबन्धित लागू औषध सहित पक्राउ परेका सबैको थप अनुसन्धान भई रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।