बलात्कारमा दोषी ठहर पछि फरार ब्यक्ति १५ वर्षपछि पक्राउ

विराटनगर । बलात्कार मुद्दामा उच्च अदालत विराटनगरबाट दोषी ठहर भएका १ जना व्यक्ति १५ वर्षपछि पक्राउ परेका छन् ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–७ का ५९ वर्षीय शुक्रबहादुर नेपाली (सार्की)लाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार अस्थायी प्रहरी चौकी बांगेबाट खटिएको टोलीले अस्थायी प्रहरी चौकी रेल–वे धरानसँग समन्वय गरेर नेपालीलाई पक्राउ गरेको हो ।

नेपालीलाई बलात्कार (जबरजस्ती करणी) मुद्दामा उच्च अदालत विराटनगरले २०६७ साल वैशाख २० गते दोषी ठहर गरेको थियो । कसुरदार ठहर भएका उनलाई अदालतले ५ वर्ष कैद सजायको फैसला गरेको थियो ।

तर, उनी सजाय भुक्तान नगरिकन फरार भइरहेका थिए । धरान उपमहानगरपालिका–१७ रेल–वे लाइन आसपासमा लुकिपिछी बसिरहेका बेला पक्राउ परेका नेपालीलाई प्रहरीले आवश्यक कारबाहीका लागि जिल्ला अदालत सुनसरीमा पेस गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।