मोरङ कारागारका कैदीको मृत्यु

विराटनगर । जिल्ला कारागार मोरङमा सजाय भुक्तान गरिरहेका लागुऔषध मुद्दाका १ जना कैदीको मृत्यु भएको छ ।

मोरङको सुनवर्षी नगरपालिका–२ का २४ वर्षीय उमेश दर्जीको मृत्यु भएको कारागारका जेलर गौरव ढुंगेलले बताए । उनका अनुसार लागुऔषध मुद्दामा दोषी ठहर भएर सजाय भुक्तान गरिरहेका दर्जीको उपचारका क्रममा मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा मंगलबार साँझ मृत्यु भएको हो ।

ज्वरो आउने र खुट्टा सुन्निने समस्या भएपछि दर्जीलाई उपचारका लागि गत जेठ ३० गते कोशी अस्पताल भर्ना गरिएको थियो । कोशीमा सम्भव नभएपछि थप उपचारका लागि असार ३ गते विराट शिक्षण अस्पताल लगिएको ढुंगेलले बताए ।

लामो समयदेखि उपचाररत दर्जीको स्वास्थ्य अवस्थामा सुधार भएन । उपचारकै क्रममा साँझ ७ः५० बजेतिर मृत्यु भएको जानकारी कारागारले दिएको छ ।

लागुऔषध मुद्दामा कसुरदार ठहर भएका दर्जी २०८१ पुस ४ गतेदेखि कारागारमा थिए । उनलाई जिल्ला अदालत मोरङले ५ वर्ष २ महिना कैद र ७ हजार रूपैयाँ जरिबाना हुने फैसला गरेको थियो ।मृतकको शव जिम्मा लगाउन परिवारसँग समन्वय भइरहेको जेलर ढुंगेलले बताए ।

पछिल्लो समय मोरङ कारागारका कैदीबन्दीको मृत्यु हुने क्रम बढेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।