फाप्लु–बेनी पक्की सडक उद्घाटन, सोलुखुम्बुको विकासको यात्रामा नयाँ गति
सोलुखुम्बु, असार ११ । सोलुदुधकुण्ड नगरपालिकाका नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले फाप्लु–बेनी पक्की सडकको उद्घाटन गर्नु भएकाे छ।
फाप्लु–बेनी खण्डको पक्कीकरण सम्पन्न भएसँगै स्थानीय जनताको दैनिक आवागमन सहज बन्नुका साथै आर्थिक, सामाजिक र पर्यटकीय गतिविधिमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ।
नगर प्रमुख शेर्पाले उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयाे“यस सडकले अब सोलुखुम्बुको विकासको यात्रा झनै द्रुत बनाउनेछ। यातायात सुलभ भएसँगै पर्यटन र स्थानीय उत्पादनको बजारमा पहुँच समेत सहज हुनेछ।”
फाप्लु–बेनी सडक सोलुदुधकुण्ड नगरपालिकाको प्राथमिकता प्राप्त योजनामध्ये एक हो, जसले जिल्लाको पूर्वाधार विकासमा ठोस योगदान पुर्याउने विश्वास लिइएको छ।-सोलु एफएम


