झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ६ जना पक्राउ

विराटनगर, असार १२ गते । झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

असार ११ गते झापाको भद्रपुर नगरपालिका- ५ स्थित वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले पैदल यात्री सुनसरी रामधुनी नगरपालिका- ८ का १८ बर्षीय लक्ष्मण सार्की र बरहाक्षेत्र नगरपालिका- ७ का १८ बर्षीय आन्नद मगरलाई ४ ग्राम ९८ मिलिग्राम ब्राउन सगर सहित नियन्त्रणमा लिएको हो भने लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले मोरङको विराटनगर महानगरपालिका-१५ बाट को. २० प ७४३ नम्बरको मोटरसाईकल चालक धरान उप-महानगरपालिका- ५ का २८ बर्षीय संकलन राई र पछाडी सवार २७ बर्षीय आषिश कुमार विश्वकर्मालाई ३ ग्राम ३६ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

त्यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका-८ बाट इलाका प्रहरी कार्यालय महेन्द्रनगरले को. ३७ प १२५३ नम्बरको मोटरसाईकल चालक उदयपुर बेलका नगरपालिका- ८ का २२ बर्षीय धिरज राई र पछाडी सवार बेलका नगरपालिका- ७ का ३१ बर्षीय लोकेन्द्र राईलाई ३४ किलो ग्राम गाँजा सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।