‘वीपीको समाजवाद र स्थानीय सरकार’ पुस्तकमाथि विमर्श

विराटनगर । वीपीको समाजवाद र स्थानीय सरकार नामक पुस्तकमाथि आइतबार विराटनगरमा विमर्श गरिएको छ ।

वीपी कोइराला सोसलिष्ट इन्टरनेशनल नेपालको आयोजनामा एलिट क्लबमा भएको कार्यक्रममा पुस्तकमाथि विभिन्न क्षेत्रका विज्ञहरुले आ–आफ्ना धारणा राखेका थिए । प्रा.डा. बलराम पौडेलले अवधारणा प्रस्तुत गरेका थिए ।

त्यस्तै पुस्तकमाथि प्रा.डा. भेषप्रसाद धमला, प्राध्यापक कृष्ण पोखरेल, प्राध्यापक महेन्द्र यादव, प्राध्यापक गोविन्द तुम्वाहाङ र प्राध्यापक दिनेशराज सुवेदी (दिङ्लाली कान्छो)ले समीक्षात्मक टिप्पणी गरे । वीपीले अघि सारेको समाजवादलाई यथार्थमा परिणत गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए । गाउँलाई नै विकासको केन्द्रबिन्दु बनाएर अघि बढे मात्रै समग्र देशको विकास हुने वक्ताहरुको भनाइ थियो । वीपी कोइराला सोसलिष्ट इन्टरनेशनलले ७७ वटै जिल्लामा एउटा–एउटा गाउँलाई समाजवादमा केन्द्रित गरेर नमुना गाउँ बनाउने कार्ययोजनासाथ अघि बढेको अध्यक्ष इन्दिरा थापाले जानकारी दिइन् ।

गत वैशाख १५ गते काठमाडौंमा विशेष समारोहका बीच विचोचन गरिएको पुस्तकमा देखिएका समस्या पहिचान गरी संशोधन गरिने उनले बताइन् । पुस्तकलाई नै आधार बनाएर वीपीले देखेको समाजवादको सपना पूरा गर्ने उनको प्रतिबद्धता थियो । कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. कुलप्रसाद कोइराला, एलिट क्लबका अध्यक्ष विश्वनाथ रिजाल, प्राध्यापक कविराज न्यौपाने, प्रा.डा. टुनराज भट्टराई, भूषण ढुंगेल, बुद्धिजीवी दिनेश श्रेष्ठलगायतले पुस्तकका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

पुस्तकमा विभिन्न क्षेत्रका व्यक्तिहरुको लेख समावेश गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।